मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा सकारात्मक अभिभावकत्व गोष्ठी

  • पुस ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/बालबालिकाको समग्र विकासका लागि घर र विद्यालयबीच सहकार्य अनिवार्य रहेको निष्कर्षसहित इटहरीस्थित मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा सकारात्मक अभिभावकत्व गोष्ठी सम्पन्न भएको छ।

पुसको पहिलो साता आयोजित अभिभावक संवाद कार्यक्रम दामोदर न्यौपानेको सहजीकरणमा सम्पन्न भएको हो।

गोष्ठीमा स्कुलका प्रधानाध्यापक पदमराज सापकोटाले बदलिँदो समयअनुसार बालबालिकाको हुर्काइमा नयाँ दृष्टिकोण आवश्यक रहेको बताए।

उनले हाल विद्यालयमा अध्ययनरत बालबालिका ‘जेन–अल्फा’ पुस्ताका भएको उल्लेख गर्दै परम्परागत सोच मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे। “घर र विद्यालय पनि सफ्टवेयरजस्तै हुन्, समयअनुसार अपडेट हुनुपर्छ,” उनले भने, “घर–विद्यालयबीच बोली, व्यवहार र विचारमा एकरूपता भए मात्रै बालबालिकाको शिक्षा, अनुशासन र जीवन–कौशल सुदृढ हुन्छ।”

सहजकर्ता दामोदर न्यौपानेले अभिभावकका जिज्ञासा र अनुभवलाई आधार बनाएर अन्तरक्रियात्मक ढंगले छलफल अघि बढाएका थिए।

कार्यक्रममा अभिभावकहरूले बालबालिका पढेर बिर्सने, गृहकार्य नगर्ने, झुट बोल्ने बानी, केयरलेस स्वभाव, मोबाइलको अत्यधिक प्रयोग, जिद्दीपन तथा घर र स्कुलमा फरक व्यवहार देखिनेजस्ता समस्याहरू उठाएका थिए।

परामर्श सत्रमा बालबालिकाको क्षमता र स्वभाव फरक–फरक हुने स्पष्ट पार्दै प्रारम्भिक उमेरमा देखिने केही व्यवहार स्वाभाविक हुने बताइयो। झुट बोल्ने बानी सिर्जनात्मकतासँग पनि जोडिन सक्ने भए तापनि दीर्घकालीन भए व्यवहारिक उपायबाट सुधार गर्न सकिने सुझाव दिइयो।

साथै, अनुशासन निर्माणमा अभिभावक र शिक्षकको भूमिका निर्णायक हुने र प्रेम, धैर्य तथा संवादले सकारात्मक परिवर्तन सम्भव हुनेमा जोड दिइयो।

सामान्य समस्या शिक्षक–अभिभावकको सहकार्यबाट समाधान गर्न सकिने र जटिल अवस्थामा मनोविद् वा चिकित्सकको सल्लाह लिनुपर्ने सुझाव दिइयो।

मोबाइल र प्रविधिको तीव्र प्रयोग भइरहेको वर्तमान अवस्थामा अभिभावक शिक्षाको आवश्यकता झनै बढेको निष्कर्ष पनि गोष्ठीले निकालेको छ।

 विद्यालयले बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावकसँग निरन्तर हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

सहभागीहरूले यस्ता सकारात्मक अभिभावकत्वसम्बन्धी कार्यक्रम अन्य विद्यालयमा पनि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved