धरान/सुनसरीकाे धरान–१६ स्थित युएन, नवोदय कलेजले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको सम्मान तथा स्वागत समारोह भव्यभन्दा भव्य सम्पन्न गरेको छ।
धरान–१५ को चुम्लुङ हिममा मंगलबार(आज) आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई अविर र खदासहित स्वागत गरिएको थियो।
कार्यक्रममा कलेजका अध्यक्ष तथा एशोसिएट प्रोफेसर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, नुर खान, रामबहादुर लिम्बू, दिब्या झा लगायतले नयाँ विद्यार्थीलाई स्वागत गर्दै शुभकामना दिएका थिए।
समारोहमा प्रतिभावान, अनुशासित, स्कुल–टपर तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरियो।
क्याम्पस प्रमुख तुम्बापोले कलेजले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए। “हामी पढाइमा मात्र होइन, अतिरिक्त गतिविधिमा पनि विद्यार्थीलाई समान रूपमा प्रोत्साहन गर्छौं,” उनले भने।
उनका अनुसार कलेजका विद्यार्थीले प्रदेश टपदेखि नेपाल टपरसम्म बन्ने उपलब्धि हासिल गरिसकेका छन्।
कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत र सांस्कृतिक प्रस्तुतीमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे।
पुरस्कार विवरण
+2 तर्फ (कक्षा–१२):
• असीम लङ्नम लिम्बु – म्यानेजमेन्ट – रु ५,०००
• शिवानी भुजेल – कम्प्युटर साइन्स – रु ५,०००
• आशा राई – होटल म्यानेजमेन्ट – रु ५,०००
BHM (८औं सेमेस्टर):
• मनिसा याक्खा – धरान टपर – रु १०,०००
• दिपसन नेम्वाङ लिम्बु – धरान दोस्रो – रु ७,०००
• दिपेश लिम्फुवा लिम्बु – धरान तेश्रो – रु ५,०००
BHM (३औं सेमेस्टर):
• युन्चोहाङ लिम्बु – कोशी प्रदेश तेश्रो – रु १५,000
• कुसुम राई – धरान दोस्रो – रु ७,०००
• दिक्षा थापा मगर – धरान तेस्रो – रु ५,०००
कलेजका पब्लिक रिलेसन अफिसर अध्यापक रामबहादुर लिम्बकाअनुसार कलेजले विगत एक दशकदेखि नगर र प्रदेशका उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएको छ।
त्यस्तै, कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले विद्यार्थीहरू सफल हुँदै गरेको देख्दा आफू “अत्यन्त गर्वित” रहेको बताउँदै कलेजलाई देशकै उत्कृष्ट शिक्षालय बनाउन सफल हुने विश्वास व्यक्त गरे।