अपराजित नेपाल फाइनलको ढोका नजिक, ओमानलाई ३८ रनले हरायो

  • असोज ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा आफ्नो अपराजित यात्रा जारी राख्दै उपाधिको एक कदम नजिक पुगेको छ।

बुधबार सम्पन्न खेलमा नेपालले शक्तिशाली ओमानलाई ३८ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो।

१५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका विनायक शुम्लाले १९ बलमा ३२ रन र मोहम्मद नदीमले २५ रन जोडे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

नेपालका लागि गुलशन झाले ४ ओभरमा २४ रन खर्चिँदै ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले पनि एक विकेट आफ्नो नाममा थपे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको दमदार अर्धशतकको मद्दतमा २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। भुर्तेलले ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६९ रनको शानदार इनिङ खेले।

आसिफ शेखले २४, गुलशन झाले १८ र आदिल आलमले १६ रनको योगदान दिए।

ओमानका नदीम खानले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट हात पारे।

नेपाल र ओमान दुवै टिम विश्वकपमा छनोट भइसकेका छन्। यो जितसँगै नेपाल ४ खेलबाट ८ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

अब नेपालले आफ्नो अन्तिम समूह चरणको खेल शुक्रबार सामोआसँग खेल्नेछ, जहाँ जित हासिल गरेमा उपाधि पनि नेपालकै हुन सक्ने सम्भावना बलियो बनेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved