धरानको विष्णु मेमोरियल स्कुलका शमुएल कोइराला राष्ट्रिय कविता महोत्सव–२०८२ मा सम्मानित

  • भदौ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ मा धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी शमुएल कोइराला विश्वकर्मा १० उत्कृष्ट कविहरूमध्ये एक भएर सम्मानित भएका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शमुएलसहित १० उत्कृष्ट कविलाई रु. ४० हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो।

धरानकै गौरव बनेका शमुएललाई विद्यालय परिवारले विशेष गर्वका साथ बधाई दिएको छ। विद्यालयका प्रिन्सिपल निलम कुमार  श्रेष्ठले भन्नुभयो–
“राष्ट्रियस्तरको प्रतिस्पर्धामा हाम्रा विद्यार्थी उत्कृष्ट १० भित्र पर्नु विद्यालय मात्र नभई सम्पूर्ण धरानकै गौरव हो। शमुएलको सृजनात्मक यात्राले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने हाम्रो शुभकामना छ।”

यस पटकको महोत्सवमा सिराहा, मोरङ, मकवानपुर, लमजुङ, नवलपरासी, रुकुम, ललितपुर, चितवन र सुनसरीका कविहरू उत्कृष्ट १० भित्र परेका थिए।

kabita mahotsab koshipatra

soyal90a-8a3cb7daaf61

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved