मेरिल्याण्डको वक्तृत्वकला प्रतियोगितामा किस्मत प्रथम

  • भदौ १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा किस्मत सापकोटा प्रथम भएका छन् ।

विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा सापकोटाले उत्कृष्ट विचार प्र्रस्तुत गर्दै प्रथम भएका हुन् । ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा भएको प्रतियोगितामा रोजिना चौधरी द्वितीय हुँदा साहिस्ता न्यौपाने तृतीय भइन् ।

त्यस्त मिसु प्रधान र रोशनकुमार सिंहले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित रहेका थिए ।

प्रतिस्पर्धामा भाग लिएका २० जना विद्यार्थीमध्येबाट निर्णायक नवोदितले ५ जना पुरस्कृत विद्यार्थीको नाम छनौट गरेका हुन् । प्रथम र दोस्रो हुने विद्यार्थीले यही शुक्रबार लियो क्लबले आयोजना गर्ने वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउनेछन् ।

कार्यक्रममा निर्णायक नवोदितसहित कलेजका प्राचार्य लक्ष्मण ढकाल, निर्देशक तथा साहित्यकार भेषराज पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताका विजेतालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved