बीपीमा पहिलोपटक रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा, प्रदेशमै नयाँ उपचार सुविधा

  • भदौ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दीर्घकालीन पीडा व्यवस्थापनका लागि अत्याधुनिक रेडियोफ्रिक्वेन्सी एब्लेसन (RFA) सेवा सुरु गरिएको छ।

प्रतिष्ठानको एनेस्थेसियोलोजी विभागको पहलमा पहिलो पटक सुरु गरिएको यस सेवामार्फत ट्राइजेमिनल न्युराल्जिया भएका एक बिरामीको ग्यासेरियन गैङ्गिलयन आरएफए प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए।

उनका अनुसार, ट्राइजेमिनल न्युराल्जिया अनुहारको एक भागमा अत्यन्त तीव्र र झट्का लाग्ने पीडा दिने स्नायु सम्बन्धी रोग हो।

साधारण औषधीय उपचार प्रभावकारी नहुन सक्ने यस अवस्थामा आरएफए प्रविधिले दीर्घकालीन राहत दिन सक्छ।

डा. कुमारले भने, “रेडियोफ्रिक्वेन्सी ऊर्जा प्रयोग गरी समस्याग्रस्त स्नायुको सानो भागलाई लक्षित गरी नष्ट गरिन्छ, जसले पीडामा उल्लेखनीय कमी ल्याउँछ।

यो प्रक्रिया इमेज गाइडेड प्रविधिबाट गरिने भएकाले थप सुरक्षित र सटीक मानिन्छ।”

यो सेवाले मेरुदण्ड, काँध, घुँडा, स्याक्रोइल्याक जोइन्ट, ट्राइजेमिनल न्युराल्जिया, ओसिपिटल न्युराल्जिया, क्यान्सरजन्य र न्युरोप्याथिक पीडा तथा शल्यक्रियापछि बाँकी रहने पीडामा समेत उपयोगी हुने अपेक्षा गरिएको छ।

सही बिरामी छनोट, इमेजिङ मार्गदर्शन र विशेषज्ञको अनुभवका आधारमा गरिएको आरएफए प्रक्रियाले औषधिको प्रयोग घटाउँदै जीवनस्तरमा सुधार ल्याउने प्रतिष्ठानको विश्वास छ।

यससँगै बीपी प्रतिष्ठानले हाडजोर्नी विभागमार्फत डेक्सा स्क्यान सेवा पनि सुरु गरेको छ।

हड्डीको घनत्व मापन गर्ने यो परीक्षणले ओस्टेओपोरोसिसलगायत हड्डी कमजोर हुने रोगको समयमै निदान गर्न सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ। हाल यो सेवा हरेक दिन हाडजोर्नी ओपीडीमा उपलब्ध हुने व्यवस्था गरिएको छ।

“कतिपय अवस्थामा कम उमेरमै पनि हड्डी कमजोर हुने समस्या देखिने भएकाले बेलैमा परीक्षण गरी उपचार गर्न सकिन्छ,” डा. कुमारले थपे।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved