धरान/ धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजका कक्षा–११ होटल म्यानेजमेन्टका विद्यार्थीहरूले झापाको धुलाबारीस्थित मेचिनगर–८ मा रहेको फाइभ–स्टार होटेल मेचि क्राउन अवलोकन गरेका छन्।
कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार भ्रमणको उद्देश्य विद्यार्थीसँग प्रत्यक्ष रूपमा होटल व्यवस्थापन, हस्पिटालिटी र सञ्चालन प्रणालीबारे व्यवहारिक ज्ञान प्रदान गर्नु थियो।
भ्रमणका क्रममा विद्यार्थीहरूले होटलका व्यवस्थापकबाट नेपालकै सबैभन्दा ठूलो क्यासिनो को बारेमा जानकारी पाए। साथै, होटलमा रहेको व्यायामशाला, स्पा, स्वीमिङ पुल, बगैचा, रेस्टुरेन्ट र बारको अवलोकन गरेका थिए।
२०० विद्यार्थी सहभागी उक्त भ्रमणमा सगरमाथा र कन्चनजङ्घा सभाहल, डिलक्स रुम, मेचि क्लब रुम, एक्जेक्युटिभ रुम तथा मेचि सुइट्सजस्ता अत्याधुनिक सुविधा सम्पन्न कोठाहरू समेत अवलोकन गरियो।
भ्रमणपछि विद्यार्थीहरूले स्टार होटलमा हस्पिटालिटी, हाउसकिपिङ, फ्रन्ट अफिस, किचन र सर्भिस प्रणालीबारे विस्तृत जानकारी लिने अवसर पाएको प्रतिक्रिया दिए।
कलेजका प्रिन्सिपल भास्कर पौडेलसहित सञ्चालकहरू दिपक घिमिरे, चन्द्र वनेम, सागर खड्का, प्रभाष राजबंशी, कैलास लिम्बु,जीवन न्यौपाने लगायत भ्रमणमा सहभागी थिए।