हिविस्कसमा लाखेजात्रा प्रदर्शनी

  • साउन २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा लाखे नाच प्रदर्शनी सम्पन्न भएको छ ।विद्यार्थीहरुलाई लाखे नाँचको रमाइलो देखाउन र जानकारी दिनको लागि सो प्रर्दशनी गरिएको हो ।
नेवार एकता साँस्कृतिक समितिको संयोजनमा लाखे नाच प्रदर्शनी गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिए ।
समुदाय भित्रका जाति समुदायको मौलिक संस्कार र सँस्कृतिलाई सामुहिक गर्नको लागि सवै जाति समुदायको मौलिक परम्परा र नाचलाई स्कुलमा प्रदर्शनी गराउने गरीएको निर्देशक राईको भनाई रहेको छ ।
लाखे नाच नेवार समुदायमा निकै लोकप्रिय नाचको रुपमा नाच्ने गरीन्छ । यो नाच साउन र भदौ महिनाभरी नाच्ने गरीन्छ ।
नेवार समुदायको मौलिक नृत्यको रुपमा रहेको लाखे नाचलाई स्कुलमार्फत समुदायमा पु¥याउने अभियानको रुपमा आफ्नो अभियान रहेको नेवाः देय दवू धरान–११ का अध्यक्ष लिला प्रधानले वताए ।
सवै विद्यालयले लाखे नाचलाई प्रदशनी गराएर एउटा समुदायको नाचलाई सवै जाति र समुदायको वीचमा परिचित गराउने अवसरको रुपमा आफूले लिएको प्रधानको भनाई रहेको छ । विद्यालयमा निम्ता गरेर लाखे नाच प्रदर्शनी गर्ने अवसर दिएकोमा स्कुललाई धन्यवाद समेत दिएका छन् ।
सवै जाति र समुदायको मौलिक परम्परा र चाडहरुलाई स्कुलमा अपनाउनुका साथै मनाइने गरीएको स्कुलका निर्देशक राईको भनाई रहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved