१ सय ३३ किलो गाँजासहित कार खेतमा फेला, चालक फरार

  • साउन ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

रौतहट/ रौतहट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध गाँजासहित एक कार बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कार बाट १ सय ३३ किलो गाँजा फेला परेको हो।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मङ्गलवार बिहान चेकजाँचको क्रममा कारलाई रोक्न खोज्दा चालकले तीव्र गतिमा कार भगाएका थिए।
प्रहरीले तत्कालै पछ्याउँदा गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा सो गाडी फेला परेको उनले बताए।

तर, कारमा सवार व्यक्ति भने उखुबारी हुँदै फरार भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले क्रेनको सहायताले गाडी बाहिर निकाली जाँच गर्दा १ सय ३३ किलो गाँजा भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved