रोटी बनाउने क्रममा आगो सल्किँदा एकै परिवारका चार जना जले

  • साउन ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ झापा जिल्लाको हल्दीबारी गाउँपालिका–४ स्थित ओली चोकमा मङ्गलवार बिहान भएको आगलागीमा एकै परिवारका ४ जना जलेर घाइते भएका छन्।

आगलागी ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो तलामा रहेको भान्साकोठाबाट सुरु भएको हो। बिहान करिब ८:४० बजे रोटी पकाउने क्रममा आगो अचानक सल्किएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

आगो नियन्त्रण गर्ने प्रयासमा घरधनी पुण्यप्रसाद ओलीसहित उनका छोरा सन्तोष ओली (३३), आर्यन ओली (२०) र बुहारी अनिता ओली (३२) घाइते भएका हुन्।
पुण्यप्रसादको अवस्था मध्यम, भने बाँकी तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि विराटनगर रिफर गरिएको छ।

आगोले भान्साकोठामा आंशिक क्षति पुर्‍याएको र स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको हो।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved