रोशनको उपचार सिद्धिकी दाजुभाइको साथ

  • साउन ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कलेजो रोगबाट चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले १३ हजार सहयोग गर्नुभएको छ । 

धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरि जम्मा १३ हजार रुपैया बिरामीकी श्रीमति शान्ति तामाङलाई नगद हस्तान्तरण गरिएको हो । 

मजदुर नेता भीमज्वाला राईले रोगसंग लडिरहेका रोशन राईका बारेमा समाचार फेसबुकमा पोष्ट गर्नुभएपछि आफुहरुले सहयोग गर्ने इच्छा भीम दाई मार्फत राखेको कुरा धरानमा मुस्लिम युवाहरुका बिच अगुवा तथा सामाजिक काम गरिरहेका इम्तियाज सिद्धिकीले जानकारी दिनुभयो ।

भीम दाइले हामी धरानमा रहेर सिलाइ कटाई तथा टेलरिङ क्षेत्रमा काम गर्ने मुस्लिम युवाहरुलाई समेत संगठित गर्नु भएकाले वहाँको अभियानमा हामीले साथ दिएको सिद्धिकीले बताउनुभयो । 

दाउरा बेचेर श्रीमति र एक छोरीको भरणपोषण गरिहेका ४० वर्षिय रोशन राई बैशाखदेखि जण्डिस् र मृगौलामा पथरिया भएपछि घरमै ओछ्यान परेकाछन् । राईलाई आइतबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा सञ्जीव शर्माले निवासमै चेकजाँच गर्नुभएको थियो । डा. शर्माले राईको पेटमा धेरै पानी जमिसकेकाले चारदिन पछि अस्पतालमै भर्ना गरेर पानी झिक्नुपर्ने सुझाउनु भएको छ । 

राईको कलेजो फेर्नु पर्ने अवस्था रहेको र करिव १५ देखि २० लाख खर्चहुने चिकित्सकहरुको सल्लाह रहेको छ । तर, उनको परिवार त्यत्रो रकम खर्च गर्न सक्ने अवस्थामा छैनन । बिहानबेलुकी घर चलाउन समेत समस्या भइरहेको उनकी श्रीमति शान्ति तामाङले बताउनुभयो । 

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले पहल गरिरहनु भएको छ । इच्छुकहरुले बिरामीको उपचारमा सहयोग गर्न चाहेमा बिरामीकी श्रीमति शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने छ ।

bolbam

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved