तेजाब खाएका धरानका पुरुषको विराटनगरमा निधन

  • साउन ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

धरान/  सुनसरीको धरानमा तेजाब सेवन गरी गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको आइतबार राति विराटनगरस्थित विराट नर्सिङ होममा निधन भएको हो।

bolbam

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए।

तेजाब सेवन गरेपछि उनको अवस्था गम्भीर बनेको थियो। तत्कालै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप जटिल उपचार आवश्यक भएपछि उनलाई विराटनगर लगिएको थियो।

करीब दुई साता उपचारपछि आइतबार राति करिब १० बजे तिर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved