बराहक्षेत्रमा व्यवस्थित शवदाह स्थल निर्माणमा मारवाडी सेवा समितिको सहयोग

  • साउन ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  देशकै प्रमुख धार्मिक तीर्थस्थल बराहक्षेत्रमा अब व्यवस्थित शवदाह स्थल निर्माण हुन लागेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित दुर्गासाघाट क्षेत्रमा दैनिकजसो अन्तिम संस्कार गरिँदै आए पनि हालसम्म यहाँ व्यवस्थित शवदाह स्थल थिएन ।

bolbam

दाउराको अभाव, झरीपानी, भीड व्यवस्थापनको कठिनाइजस्ता समस्या खेप्दै आएका सर्वसाधारणका लागि यो अब सहज बन्ने छ ।

बराहक्षेत्र क्षेत्रको धार्मिक र सामाजिक महत्वलाई ध्यानमा राख्दै मारवाडी सेवा समिति धरानको आर्थिक सहयोगमा शवदाह स्थल निर्माण गर्न लागिएको हो ।

शवदाह स्थलको शिलान्यास कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले गरेका छन् । शिलान्यासका क्रममा मन्त्री मण्डलले बराहक्षेत्रलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्न प्रदेश सरकारले योजना अघि बढाउने बताए ।

भारतका साधुसन्त र धार्मिकविद्सँग पनि छलफल गरेर क्षेत्रीय विकासमा काम गरिने उनले उल्लेख गरे ।

मारवाडी सेवा समितिका अध्यक्ष पितरुमल अग्रवालले बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि, प्रशासकीय अधिकृत र धार्मिकजगतका विद्वानहरूसँग छलफलपछि डिपिआर तयार गरेर निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार समितिले समाजसेवालाई केन्द्रविन्दुमा राखेर आवश्यक पूर्वाधार निर्माणमा सधैं सक्रियता देखाउँदै आएको छ ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले गङ्गाभन्दा पनि महत्व बोकेको कौशिकी नदीको किनारमा रहेको बराहक्षेत्र क्षेत्र चारधाममध्ये एक धर्मस्थल भएको बताउँदै यस्तो पवित्र ठाउँमा व्यवस्थित शवदाह स्थल हुनु अत्यावश्यक भएको बताए ।

धार्मिक मान्यताअनुसार बराहक्षेत्रमा अन्तिम संस्कार गर्दा पुण्य प्राप्त हुने विश्वासले दैनिक ४–५ जना शव यहाँ ल्याइने गरे पनि सुविधाजनक पूर्वाधारको अभावमा समस्या हुँदै आएको उनले जनाए ।

शवदाह गर्न आउनेहरू झरीमा भिजेर, दाउराको अभाव झेल्दै, धार्मिक विधिको मर्यादा निभाउन कठिनाइ भोग्दै आएका छन् ।

अब भने व्यवस्थित संरचना निर्माणपछि सर्वसाधारणमा विश्वास बढ्ने र धर्म, संस्कृति तथा पर्यटनको संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । धार्मिक र सामाजिक उत्तरदायित्व बोक्दै आएको मारवाडी सेवा समितिको यो योगदानले बराहक्षेत्रको महत्त्व अझ बढ्ने देखिन्छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved