पव्लिकको प्रवेश परीक्षामा ४ सय ६५ जना उतीर्ण

  • असार २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिएको पव्लिक हाई स्कुल धरान १२ ले शनिबार कक्षा ११ को लागि लिएको प्रवेश परीक्षा लिएको छ ।
 स्कुलका प्रधानाध्यापक डा. इन्द्र मोहन झाका अनुसार ५ सय ९४ जना विद्यार्थी सहभागि थिए भने जम्मा ४ सय ६५ जनाले उतीर्ण गरेको बताइएको छ । स्कुलका अनुसार पब्लिक हाई स्कुलबाट २७२ परीक्षार्थी मध्ये २३१ जना उत्तीर्ण भएका थिए भने अन्य विद्यार्थी धरान र धरानदेखि बाहिरका विद्यार्थी सामेल थिए ।
प्रधानाध्यापक डा. झाका अनुसार वाह्य जिल्लाका विद्यार्थीहरुसागुरीगढी, धनकुटा, तेह्रथुम, पाँचथर, खोटाङ, सङ्खुवासभा, भोजपुर र कोहलपुर देखि समेत विद्यार्थी प्रवेश परीक्षामा सामेल भए । पव्लिक माविमा हरेक वर्ष विद्यार्थीहरुको अध्ययन गर्नको लागि ओइरो लाग्ने गरेको छ भने विद्यालयले जम्मा ७ सय विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना लिन सक्ने जनाएको छ । त्यहाँ कक्षा नर्सरी देखि १२ सम्म ३ हजार ४ सय ९१ विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

स्कुलमा सरकारी शिक्षक दरबन्दी ४० जना मात्र रहे पनि १८४ जना शिक्षक कर्मचारीको व्यवस्थापन गरिएकोले पठन पाठन गराउन समस्या भएकाले सीमित विद्यार्थी मात्रै परीक्षाद्धारा लिने गरिएको प्रधानाध्यापक डा. झाले बताएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved