धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिएको पव्लिक हाई स्कुल धरान १२ ले शनिबार कक्षा ११ को लागि लिएको प्रवेश परीक्षा लिएको छ ।
स्कुलका प्रधानाध्यापक डा. इन्द्र मोहन झाका अनुसार ५ सय ९४ जना विद्यार्थी सहभागि थिए भने जम्मा ४ सय ६५ जनाले उतीर्ण गरेको बताइएको छ । स्कुलका अनुसार पब्लिक हाई स्कुलबाट २७२ परीक्षार्थी मध्ये २३१ जना उत्तीर्ण भएका थिए भने अन्य विद्यार्थी धरान र धरानदेखि बाहिरका विद्यार्थी सामेल थिए ।
प्रधानाध्यापक डा. झाका अनुसार वाह्य जिल्लाका विद्यार्थीहरुसागुरीगढी, धनकुटा, तेह्रथुम, पाँचथर, खोटाङ, सङ्खुवासभा, भोजपुर र कोहलपुर देखि समेत विद्यार्थी प्रवेश परीक्षामा सामेल भए । पव्लिक माविमा हरेक वर्ष विद्यार्थीहरुको अध्ययन गर्नको लागि ओइरो लाग्ने गरेको छ भने विद्यालयले जम्मा ७ सय विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना लिन सक्ने जनाएको छ । त्यहाँ कक्षा नर्सरी देखि १२ सम्म ३ हजार ४ सय ९१ विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
स्कुलमा सरकारी शिक्षक दरबन्दी ४० जना मात्र रहे पनि १८४ जना शिक्षक कर्मचारीको व्यवस्थापन गरिएकोले पठन पाठन गराउन समस्या भएकाले सीमित विद्यार्थी मात्रै परीक्षाद्धारा लिने गरिएको प्रधानाध्यापक डा. झाले बताएका छन् ।