ग्याबियन जाली विवाद : मेयर-उपमेयरको तानातानले धरानमा तनावपूर्ण स्थिति

  • असार ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt - फणिन्द्र तिम्सिना

धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने कामलाई लिएर मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा सोमबार नगरपालिकाको वातावरण तनावपूर्ण बन्न पुगेको छ।

दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठक अघि नै मेयरको कार्यकक्षमै दुवैबीच तीव्र विवाद उत्पन्न भएको थियो।

सोही विवादको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका समर्थकहरु उपमहानगर परिसरमा भेला भएका थिए।

मेयर साम्पाङका समर्थक र उपमेयर बेघासम्बद्ध नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ता आमनेसामने भएपछि स्थिति जटिल बन्न थालेको थियो। अप्रिय घटना हुन नदिन प्रहरीले उपमहानगर परिसरमा बाक्लो उपस्थिति जनाउनु परेको थियो।

विवादको केन्द्रमा वडा नं १६ मा ग्याबियन जाली राख्न श्रमदानबाट गरिएको काम र त्यसको भुक्तानी रहेको छ।

उपमेयर बेघाले “पहिले सम्पन्न भइसकेको कामलाई कानुन विपरीत प्रक्रियामा राखेर भुक्तानीको दबाब दिइएको” भन्दै विरोध जनाए। "अवैधानिक काममा अनुगमन वा समर्थन गर्न सक्दिन," उनले भने।

यता, मेयर साम्पाङले भने बाढीपीडित क्षेत्रको आपतकालीन अवस्थालाई मध्यनजर गरी काम अघि बढाइएको जिकिर गरे। “श्रमदान गैरकानुनी होइन, जनताको घर बचाउन गरिएको हो,” उनले भने।

सोमबारको घटनापछि नेकपा माओवादी केन्द्र धरान कमिटी अध्यक्ष उद्धव लिम्बुले "साम्पाङले आफ्ना समर्थकमार्फत उपमेयरमाथि अभद्र व्यवहार गराएको" आरोप लगाएका छन्।

पछिल्लो समय जेठ १६ गतेको बाढी र पहिरोपछि उत्पन्न परिस्थितिमा मेयर र उपमेयरबीच समन्वय नहुनु र स्रोतसाधनको व्यवस्थापनमा मतभेद चुलिँदै आएको छ।

सोही विवादको निरन्तरताले सोमबारको बैठक प्रभावित मात्र नभई, आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियासमेत अन्योलमा पार्ने संकेत देखिएको छ।

तस्बिरहरु:

harka begha aaa 1 1

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved