धरानमा देबऋषि आचार्य समाजको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

  • असार ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ।

वि.सं. २०८१ मा स्थापना भएको समाजको साधारण सभा धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म चल्यो।

कार्यक्रममा पूर्व अर्थ, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य प्रमुख अतिथि थिए। सभाको अध्यक्षता डा. आनन्द प्रसाद आचार्यले गरेका थिए।

सभामा कौडिन्य गोत्री आचार्य महिला समाजकी अध्यक्ष मेनुका आचार्य, निवर्तमान अध्यक्ष राजेश आचार्य, नास्ट कलेजका प्रिन्सिपल तथा निर्वाचन अधिकृत टोम प्रसाद आचार्य लगायतको उपस्थिति थियो।

साधारण सभाले सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नव–निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:

अध्यक्ष — लोकेन्द्र प्रसाद आचार्य

उपाध्यक्ष — राम आचार्य

सचिव — किशोर आचार्य

सह–सचिव — गोपाल प्रसाद आचार्य

कोषाध्यक्ष — कामना आचार्य

त्यसैगरी सदस्यहरूमा सैलेश आचार्य, युबराज आचार्य, उद्धव आचार्य, दुर्गा आचार्य, मन्दरा आचार्य र विरेन्द्र राज आचार्य चयन भएका छन्।

साधारण सभामा सयौंको संख्यामा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा धरान–९ का वडा अध्यक्ष रुपेश आचार्य तथा वडा–१ का अध्यक्ष यज्ञमणि आचार्यको समेत उपस्थिति रहेको तदर्थ समिति सचिव रमेश आचार्यले जानकारी दिए।

1750129545410

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved