धनकुटामा पाँच रुटमा 'टाइमकार्ड' लागू, सवारी दुर्घटना न्यूनीकरणमा अपेक्षा

  • असार १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबारदेखि विभिन्न पाँच वटा सवारी रुटमा ‘टाइमकार्ड’ प्रणाली लागू गरिएको छ।

सवारी दुर्घटना विशेष गरी तीव्र गतिका कारण हुने घटनालाई नियन्त्रण गर्न यो व्यवस्था सुरु गरिएको हो।

साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० टुवराज पोखरेलले ‘टाइमकार्ड’को शुभारम्भ गरे।

कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, सुरक्षा निकायका प्रमुखहरू, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, यातायात र होटल व्यवसायी, संघसंस्था प्रतिनिधि, ट्राफिक प्रहरी र स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।

प्रजिअ पोखरेलले पछिल्लो समय बढ्दो सवारी दुर्घटना, विशेष गरी विद्युतीय माइक्रोबसका घटनालाई नियन्त्रित गर्न ‘टाइमकार्ड’ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे। गाउँपालिका अध्यक्ष रुम्दालीले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता जनाए।

धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले विगत ३ वर्षको दुर्घटना विवरण प्रस्तुत गर्दै ‘टाइमकार्ड’लाई नियमितरूपमा कार्यान्वयन गरिने बताए। साथै, एक महिनापछि यसको प्रभावकारिता मूल्यांकन गरेर आवश्यक सुधारात्मक कदम चालिने उनले जानकारी दिए।

नयाँ प्रणालीअनुसार प्रत्येक रुटका लागि निम्नानुसार समयसीमा निर्धारण गरिएको छस्

  • भेडेटार–मुलघाट (१७ किमी): ४० मिनेट
  • मुलघाट–धनकुटा (१८ किमी): ४० मिनेट
  • धनकुटा–हिले (१३ किमी): ३० मिनेट
  • हिले–लेगुवा (२६ किमी): ५५ मिनेट
  • हिले–सिँधुवा (१२ किमी): २५ मिनेट

कोशी प्रदेशका पहाडी सवारी रुटमा यो पहिलो पटक ‘टाइमकार्ड’ लागू गरिएको हो। जेठ ९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले असार १ गतेदेखि ‘टाइमकार्ड’ लागू गर्ने निर्णय गरेको थियो।

कार्यक्रमको सफल कार्यान्वयनका लागि धनकुटा नगरपालिकाले प्राविधिक सहयोग उपलब्ध गराएको छ।

सवारीको गति नियमन गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न यो प्रणालीको दीर्घकालीन प्रभावकारिता प्रति स्थानीयवासी र सरोकारवालाहरूले आशा व्यक्त गरेका छन्।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved