वृक्षारोपण गर्दै महुली लघुवित्तको १३औं स्थापना दिवस मनाइयो

  • जेठ ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt -संगम विष्ट

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं स्थापना तथा वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

शुक्रबार वराहक्षेत्र नगरपालिका–३ स्थित मिलनचोकको कोभिड सामुदायिक भवन परिसरमा बाङ्गे बजार र चतरा शाखाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन्।

‘सन्ततीका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं’ भन्ने मूल नारासहित देशभर एकैसाथ मनाइँदै गरेको उत्सव अन्तर्गत वराहक्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन वडा नं ३ का अध्यक्ष राजदिप लामा तामाङले बिरुवा रोपेर गरेका थिए। सो अवसरमा अस्थायी प्रहरी चौकी नडाहका प्रमुख प्रहरी सहायक निरीक्षक जीव बहादुर भट्ट, महुली लघुवित्त चतरा क्लस्टरका प्रमुख तेजनारायण चौधरी, बाङ्गे बजार शाखा प्रमुख मदन अधिकारी, चतरा शाखा प्रमुख विनिता राया, जीवन विज्ञानका प्रशिक्षार्थीहरू तथा दुबै शाखाका कर्मचारीहरू सहभागी थिए।

बाङ्गे बजार शाखा प्रमुख मदन अधिकारीका अनुसार संस्थाको १३औं वार्षिकोत्सव सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षणका पक्षमा जनचेतना फैलाउने उद्देश्यले वृक्षारोपण कार्यक्रममार्फत मनाइएको हो।

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved