प्रेमजालमा फसाएर सुनचाँदी व्यवसायीबाट रकम असुल्न खोज्ने तीन जना पक्राउ

  • जेठ ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई प्रेमजालमा फसाउँदै रकम असुल्न खोज्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी हरि बस्नेतका अनुसार, पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक लाभसम्बन्धी कसुरमा सात दिनको म्याद लिइ अनुसन्धान सुरु गरिएको छ।

अनुसन्धान अनुसार मरियम राई पोखराकै एक सुनचाँदी पसलमा कार्यरत थिइन्। उनले आफूले काम गर्ने पसलका सञ्चालकलाई प्रेमजालमा पार्दै फसाउने योजनाअनुसार आफ्ना प्रेमी देव लिम्बु र अर्का व्यक्ति टेकबहादुर सुवेदीलाई पोखरा बोलाएकी थिइन्।

उनीहरूले पसल सञ्चालककी श्रीमतीलाई श्रीमान्ले मरियमलाई बलात्कार गरेको भन्दै धम्की दिँदै मुद्दामा फसाउने र त्यसबाट बच्नका लागि ठूलो धनराशी दिनुपर्ने माग गरेका थिए। यस क्रममा प्रहरीले ती आरोप प्रमाणित गर्ने अडियो क्लिपसमेत फेला पारेको छ।

हनी ट्र्याप शैलीमा सुनचाँदी व्यवसायीबाट रकम असुल्ने प्रयास भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरीले योजनाबद्ध रूपमा कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved