धरानमा गर्मीका कारण विद्यालय दुई दिन बन्द हुने

  • जेठ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । 

गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गरिने भएको छ।

धरान उपमहानगरपालिका–१२ स्थित नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै २०८२/०२/२९ र ३० गते (बिहिबार र शुक्रबार) विद्यालय विदा दिइएको हो।

शिक्षा अधिकृत ध्रुवराज खड्काको हस्ताक्षरयुक्त सूचनामा भनिएको छ, “स्थानीय परिस्थिति, विद्यार्थीहरूको भौतिक अवस्था तथा आवश्यकताका आधारमा केही विद्यालयहरूमा थप विदा दिनु परेमा सोहीअनुसार विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार व्यवस्था मिलाउन सकिनेछ।”

यस्तै अत्यावश्यक र अपरिहार्य अवस्थामा विद्यालयहरूले भर्चुअल कक्षा वा वैकल्पिक पठनपाठनको व्यवस्था मिलाउन सकिने पनि जनाइएको छ।

 बिज्ञप्ती:

1749640500784

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved