धरान । सुनसरीको धरानमा नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति संगठन अन्तर्गत स्थापना गरिएको नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघको पहिलो राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ।
संघले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन आगामी जेठ २३ र २४ गते धरान उपमहानगरपालिका–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा आयोजना गरिने जानकारी दिएको हो।नेपाली कांग्रेसको मूल सिद्धान्त“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” लाई आत्मसात गर्दै संघले २०७९ सालमा विधान निर्माण गरेको हो।
पार्टीको जातीय संगठनको मान्यता प्राप्त गर्दै संघले हालसम्म पूर्वी नेपालका ९ जिल्ला र काठमाडौं उपत्यका सहित १० वटा जिल्ला शाखा विस्तार गरिसकेको छ।संघका अध्यक्ष उत्तमसिंह थाङदेनले पत्रकार सम्मेलनमा अन्य जिल्लामा पनि शाखा समिति गठन गर्ने तयारी भईरहेको बताएका छन् ।