धरानका सन्तोष लामिछाने रुद्राक्ष व्यवसायबाट मासिक ३० हजारसम्म आम्दानी गर्दै

  • जेठ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ।

उहाँले विगत पाँच वर्षदेखि पिण्डेश्वरी मन्दिर परिसरमा रुद्राक्षका सामग्री बिक्री गर्दै आउनुभएको छ।

बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउने कामबाट व्यापार सुरु गर्नुभएको हो। “विदेशमा दुःख गर्नुभन्दा यहाँ रुद्राक्षका सामग्री बनाएर बेच्दा सजिलो र आम्दानी पनि राम्रै भइरहेको छ,” उहाँले भन्नुभयो।

उहाँले धनकुटा, पाँचथर, भोजपुरलगायतका पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरी माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री उत्पादन गर्दै आउनुभएको छ।

ती सामग्रीहरू धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौं, काँकडभिट्टा र नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन्। विशेषगरी विदेशीहरूले रुद्राक्षका झोला बढी रुचाउने गरेको उहाँले जानकारी दिनुभयो।

लामिछानेका अनुसार, ग्राहकको मागअनुसार विविध सामग्री उत्पादन गरिन्छ। रुद्राक्षको माला रु २० देखि रु ५० सम्म, ढाकी रु ३०० देखि रु ५००, झोला रु १५०० देखि रु ३००० र ज्याकेट रु ५००० देखि रु ५५०० सम्ममा बिक्री गरिन्छ।

“दैनिक १–२ वटा मात्रै सामान बिक्री भए पनि आम्दानी नियमित हुन्छ, सन्तुष्टि पाइरहेको छु,” उहाँले भन्नुभयो। विशेषगरी साउन महिनामा लाग्ने बोलबम मेलामा व्यापार निकै फस्टाउने उहाँको अनुभव छ।

उहाँले विगतमा तीन जना कामदार राखेर सामग्री उत्पादन गर्नुभएको भए पनि हाल एक जना कर्मचारीसहित काम गरिरहनुभएको छ। स्थानीयस्तरमा रुद्राक्ष सहजै नपाइने भएकाले उहाँ धनकुटा र भोजपुरजस्ता जिल्लामा गई बोटै ठेक्का लिएर रुद्राक्ष संकलन गर्नुहुन्छ।

एउटा बोटको मूल्य रु १ लाखदेखि १ लाख ५० हजारसम्म पर्ने जानकारी पनि उहाँले दिनुभयो।

धार्मिक मान्यताअनुसार महादेवको प्रिय वनस्पति मानिने रुद्राक्ष सामान्यतया हरियो पात भएका र सेता फूल फुल्ने रुखमा ओखरजस्तै फल्ने गर्छ। “एकदेखि १४ मुखीसम्मका रुद्राक्ष पाइन्छन्, तर एकमुखी र नौदेखि १४ मुखीसम्मका भने निकै दुर्लभ मानिन्छन्,” उहाँले भन्नुभयो।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved