विवाहित श्रीमती सुन्दरीहरुले देखिए प्रतिभा

  • जेठ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विकास चाम्लिङ राई
धरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट,कोशी प्रदेश सिजन थ्रीका प्रतिष्पर्र्धीहरु वीच ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।
धरान १८ स्थित गुरुङ्ग गुम्वा परिसरमा रहेको सभाहलमा शुक्रवार ट्यालेन्ट राउण्ड संपन्न भएको थियो । ट्यालेन्ट राउण्डमा मिसेस स्टेट सिजन थ्रीमा सहभागि १८ जना प्रतिश्पर्धिहरुले आफुमा भएको प्रतिभा निर्णायकहरु माँझ प्रस्तुत गरेका थिए ।

सहभागि प्रतिष्पर्धीहरुले आप्mनो क्षमता अनुसार गायन, नृत्य तथा वतृत्वकला प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्मा निर्णायकको रुपमा महेन्द्र वहुमुखि क्याम्पसका उपप्रध्यापक एवं अग्रज पत्रकार राजेश विद्रोहि, नृत्य निर्देशक संघ सुनसरीका अध्यक्ष मनि राई, आउटसाइर्डस व्याण्डका भोकलिस्ट प्रशान्त शर्मा, डिस्ट्रिक ३२५ सि लायन्स लिडर एकता श्रेष्ठ र मिसेस स्टेट सिजन वानका सेकेन्ड रनर अप निरा संकर रहेका थिए ।

शुक्रवार संपन्न ट्यालेन्ट राउण्डको नतिजा खामवन्दि गरेर आयोजकलाई वुझाएको निर्णायक राजेश विद्रोहिले जनाएको छ । निर्णायकको निर्णय रहेको खामको शिल यहि १५ गते हुने ग्राण्ड फिनालेको दिन निर्णायहरुको उपस्थितिमा खोलिने आयोजक वुमन्स वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठले जनाए ।

विवाहित महिलाहरुको क्षमता अभिवृद्धि तथा प्रदर्शन गर्ने उद्धेश्यले डव्लु डव्लु जि (वुमन्स वर्थ गु्रप) को आयोजनामा हुन लागेको मिसेस स्टेटका सहभागिहरुलाई कोरियोग्रफर डिजे ललित राईले प्रशिक्षण गराइरहेका छन । उनीहरुलाई धरान ९ स्थित इनलाइट फिटनेसको हलमा स्टेज प्रस्तुतिका लागि प्रशिक्षण गराइरहेको छ ।

सहभागिहरुको शारिरिक तथा मानसिक क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि वेशाख २४ गते देखि सम्वन्धित विषयका विज्ञहरु द्धारा प्रशिक्षण गराइरहेको आयोजकले जनाएको छ ।मिसेस स्टेट २०२५, कोशि प्रदेश सिजन थी्रका विजेताले नगद रु ५१ हजार, क्राउन, ट्रफि, गिप्mट ह्याम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछ । फस्ट रनर अपले नगद रु २५ हजार र सेकेन्ड रनरअपले नगद रु १५ हजार क्राउन, ट्रफि, गिप्mट हयाम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछ । यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, वेस्ट ड्रेस, मिसेस एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ ।

उनीहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन । मिसेस स्टेट २०२५, सिजन थ्री कोशि प्रदेशको ग्रान्ड फिनाले धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुनेछ ।
 

 

 

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved