खुला आकाशमुनि मकै बेच्दै: धरानकी ५९ वर्षीया महिलाको संघर्षशील यात्रा

  • जेठ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -स्वर्णिम राई (संगीता)

धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर नबिउँझँदै सुरु हुन्छ। तीन दशकभन्दा लामो समयदेखि उहाँको दिनचर्या मोरङको भावन्नेसम्म पुगेर मकै किनेर फर्किने र त्यसलाई पोली बेच्ने काममै बित्दै आएको छ।

बिहान सबेरै मकै ल्याएर करिब १०–११ बजेसम्म धरान फर्कने उहाँ, त्यसपछि लक्ष्मीचोक नजिकैको गल्लीमा खुलेको आकाशमुनि आगोसँगै दिन बिताउनुहुन्छ। दैनिक करिब १६० घोगा मकै पोलेर बेच्नु उहाँको दैनिकी बनेको छ।

श्रेष्ठले मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर व्यवसाय गर्दै आउनुभएको छ। उहाँका अनुसार ठेक्काको लागत ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने गर्छ। कहिलेकाहीँ दुई–तीन जना मिलेर पनि बारीको ठेक्का लिने गरेको उहाँ बताउनुहुन्छ।

उहाँले बेच्ने मकैको मूल्य साइजअनुसार फरक हुने गर्दछ — सानो मकै १५ रुपैयाँ र ठूलो मकै ५० रुपैयाँसम्म पर्छ। मासिक ७०–८० हजार रुपैयाँको कारोबार हुने श्रेष्ठको भनाइ छ।

छ वर्षअघि श्रीमानको निधन भएपछि एकल महिलाको रूपमा परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएकी श्रेष्ठ अझै आत्मनिर्भर जीवन बिताइरहनुभएको छ। “काम गर्‍यो भने खानाको अभाव हुँदैन,” भनी उहाँ भन्नुहुन्छ, “मकै पोलेरै जिन्दगी चलिरहेको छ।”

बुढेसकालको थकान नभनी सक्रिय जीवन यापन गरिरहेकी श्रेष्ठको आत्मबल, श्रम र समर्पण धेरैका लागि प्रेरणा बनेको छ। उहाँ भन्छिन्, “मकै बेच्ने काम केवल आम्दानीको स्रोत होइन, आत्मसम्मानको आधार हो।”

शान्ति श्रेष्ठको संघर्ष र आत्मनिर्भरता देख्दा बुझ्न सकिन्छ — परिश्रम कहिल्यै थकान होइन, बरु ऊर्जा र सन्तोषको मूल स्रोत हो।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved