धरानको शिवजट्टा : प्राकृतिक र धार्मिक महत्व बोकेको पर्यटकीय स्थल ओझेलमा

  • जेठ ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान उपमहानगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा अत्यन्तै रमणीय स्थलशिवजट्टा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पर्यटकीय दृष्टिले अपार सम्भावना बोकेको यो स्थानको विकासमा सरकारी चासो नपुग्दा पर्यटकको ध्यान तान्न सकेको छैन ।

शिवजट्टा नजिकैको नमस्ते झरना (साँगुरीगढी, धनकुटा) भन्दा कम आकर्षक छैन । तर पनि सडक पहुँच अभावका कारण सर्वसाधारणका लागि सहज गन्तव्य बन्न सकेको छैन ।

धरान बजारबाट मात्र करिब ५ किलोमिटर टाढा भए पनि यहाँ पुग्न कठिन छ । गर्मी याममा वनभोज र पौडी खेल्न जानेहरूको लागि शिवजट्टा उपयुक्त स्थल हो ।

पर्यटन व्यवसायीहरूका अनुसार यति सम्भावना बोकेको क्षेत्र विकास नहुनु राज्यको बेवास्ता हो । तथापि वडा नं. ४ कार्यालयले अब शिवजट्टालाई धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गुरुयोजना अघि सारेको छ ।

वडाध्यक्ष धनबहादुर राईका अनुसार झरनासम्म पुग्ने पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

शिवजट्टा क्षेत्रको पानी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत प्रयोग हुने भएकोले यहाँको सरसफाइ र संरक्षण थप महत्त्वपूर्ण रहेको वडाध्यक्ष राई बताउँछन् । साथै, पर्यटकले झरनामा रमाउने, तस्बिर खिच्ने र नजिकै रहेको शिवालयमा दर्शन गर्ने गरी समग्र विकासको तयारी भइरहेको छ ।

स्थानीय पूजारी इन्द्रमान चाम्लिङ राईका अनुसार धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवान् शिवले सतीदेवीको शरीर बोकेर भौतारिँदा यही ठाउँमा स्नान गरेका थिए ।

स्नान गर्दागर्दै शिवले आफ्ना जट्टा झारेर यो ठाउँमा राखेकाले शिवजट्टा नाम रहन गएको किंवदन्ती छ । यही शिवालयमा केही वर्षअघिसम्म भारतका जोगीहरू आएर शिवरात्रीको अवसरमा धुनी बाल्ने चलन थियो ।

प्राकृतिक सौन्दर्य, पवित्र धार्मिक महत्त्व र सुलभ दुरीका बाबजुद पनि प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको शिवजट्टा अब स्थानीय तहको सक्रियतामा पुनः जाग्ने अपेक्षा गरिएको छ ।

यदि उपमहानगरपालिकाले दीर्घकालीन गुरुयोजना बनाएर विकास गर्न सके, यो क्षेत्र कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना प्रबल छ ।

कोभिडका संक्रमित फेर ...

काठमाण्डौ । एसियाली मुलुकमा पछिल्लो समय कोभिड १९ संक्रम ...

दिव्य रोशनी साप्ताहि ...

धरान । धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिक २१ औं वर् ...

जिन्दगी सन्तानका लाग ...

धरान/  जीवनभर सन्तानका सपना बुन्दै बिताएका धे ...

पुल उद्घाटनमा लिङ्दे ...

बनियानी/ झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved