इलाममा बुधबारदेखि सिनेमा पर्यटन महोत्सव

  • जेठ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारदेखि जेष्ठ ९ गते सम्म ’सिनेमा पर्यटन महोत्सव २०८२’ हुने आयोजना गर्ने भएको छ।
इलामको श्री अन्तु, सुर्योदय नगरपालिका, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव आयोजना हुने भएको हो। चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन, संघको जिल्ला शाखाहरु इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेला सहितको उक्त महोत्सव हुने भएको हो।
महोत्सव अन्तरगत संघको २६औं वार्षिक उत्सव कार्यक्रम, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, सम्मान–पुरस्कार, सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्याशाला लगायतको विविध वृहत कार्यक्रमको आयोजना गरिने चलचित्र पत्रकार संघ कोशी प्रदेशकी अध्यक्ष सन्जु राईले बताइन्।
महोत्सव अन्तरगतका कार्यक्रमले इलामसँगै कोशी प्रदेशका पर्यटकीय स्थलहरुलाई सिनेमा र संचारको माध्यमबाट प्रवद्र्धन र प्रचार–प्रसार गर्न महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष सन्जु राईले बताइन्।यी कार्यक्रमहरु प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सासंदहरु, पालिका प्रमुखहरु, चलचित्र विकास वोर्डका अध्यक्ष, बरिष्ठ चलचित्रकर्मीहरु, चलचित्रजन्य संघसंस्थाका अध्यक्षहरु तथा देश भरिका चलचित्र पत्रकार संघ नेपाल अन्तरगतका सबै शाखाका अध्यक्ष तथा पदाधिकारी संचारकर्मीहरुको सहभागितामा महोत्सव संचालन हुने भएको छ।
कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८२ ले ध्रुव लम्साल, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२ बाट विष्णु सुवेदी, नरेन्द्र बस्नेतलाई सम्मान गरिने भएको छ। यसैगरी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार –२०८२ बाट जीवनकुमार पराजुली, वर्षा बस्नेत, तुलसीप्रसाद निरौलालाई पुरस्कृत गरिने भएको छ भने राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार – २०८२ रश्मि थापालाई प्रदान गरिने भएको छ।

सवारीसाधन चोरी गर्ने ...

झापा/  झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवार ...

धरानमा सुविधा सम्पन् ...

धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुवि ...

बराहक्षेत्रमा अफ्रिक ...

सुनसरी/  बराहक्षेत्र नगरपालिकामा ...

जङ्गलमा निगुरो टिप्न ...

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved