१०औं बास्केटबल ट्यालेन्ट हन्टका सहभागी विद्यार्थी तथा प्रशिक्षकलाई जर्सी वितरण बिकास चाम्लिङ राई

  • वैशाख २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा जारी १०औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका सहभागी विद्यार्थी र प्रशिक्षकहरुलाई जर्सी वितरण गरिएको छ।

बुधबार धरान–१६ स्थित धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा आयोजित कार्यक्रममार्फत सहभागीहरूलाई जर्सी वितरण गरिएको हो।

जर्सी वितरण सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले गरेका थिए। प्रशिक्षकहरूलाई भने जर्सीसँगै प्राविधिक सामग्री पनि प्रदान गरिएको थियो।

बास्केटबल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले १३ वर्षदेखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आएको हो।

यस पटकको क्याम्पमा कक्षा ४ देखि एसईई दिएका विद्यार्थीहरू सहभागी छन्।

संघका अध्यक्ष सुवेदीका अनुसार ट्यालेन्ट हन्टमा उत्कृष्ट प्रदर्शन गर्ने एसईई परीक्षार्थीहरूलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिनेछ।

उनका अनुसार यसअघि ९औं ट्यालेन्ट हन्टमा सहभागी भएका करिब दुई दर्जन छात्रछात्रालाई मेघा हिमालयन कलेज र डिपो स्कुलमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्तिमा सिफारिस गरिएको थियो। ती विद्यार्थीहरू हाल सोही शैक्षिक संस्थामा अध्ययनसँगै बास्केटबल खेलमा सक्रिय छन्।

संघले हालसम्म दुई सयभन्दा बढी विद्यार्थी खेलाडीलाई छात्रवृत्तिमा अध्ययन गराइसकेको जनाएको छ।

प्रशिक्षण क्याम्प जेठको पहिलो हप्ता सम्म चल्नेछ। दैनिक बिहान ६ देखि ८ बजेसम्म सञ्चालन हुने प्रशिक्षण क्याम्प राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा भइरहेको छ।

उनीसँगै राष्ट्रिय महिला बास्केटबल खेलाडी डा. आशा राई, कोशी प्रदेशका खेलाडी सुसन श्रेष्ठ, आस्था राई, युगल लिम्बू, पारस राई, साहिल श्रेष्ठ, कैलाश लिम्बू र सुवांस राईले प्रशिक्षण दिइरहेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved