दुई महिनामै दुई नेपाली छात्रा मृत: केआईआईटीमा के हुँदैछ?

  • वैशाख १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

पर्सा वीरगञ्जकी प्रिशा बिहीबार राति मृत भेटिएको पुष्टि विभिन्न सञ्चारमाध्यमहरूले गरेका छन्।

उनकाे शव हाल अस्पतालमा राखिएको छ भने परिवार भारत पुगिसकेकाले पोष्टमार्टम प्रक्रिया अघि बढ्ने तयारीमा छ।

यो घटना सामान्य देखिए पनि पछिल्लो अढाई महिनाभित्र केआईआईटीमै अर्की नेपाली छात्रा—प्रकृति लम्सालको पनि यस्तै शंकास्पद मृत्यु भइसकेको पृष्ठभूमिमा यो थप गम्भीर बनेको छ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासले घटनाको सत्यतथ्य पत्ता लगाउन कूटनीतिक पहल तीव्र बनाएको छ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै भारतीय निकायहरूसँग सम्पर्कमा रहेर छानबिन अगाडि बढाइएको जानकारी दिएकी छन्।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एसएसपी सञ्जीव शर्मा दासका अनुसार घटनाको अनुसन्धान सुरु भइसकेको छ।

मृतकको परिवार नआएसम्म पोस्टमार्टम नगर्ने गरी शव सुरक्षित राखिएको बताइएको छ।

उक्त घटनाप्रति भारतकै सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (ABVP) ले पनि गम्भीर आपत्ति जनाएको छ।

संगठनका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले सोधेका छन्, "बारम्बार यस्ता घटना हुँदा पनि राज्य सरकार किन मौन छ?" उनले केआईआईटी विश्वविद्यालयमाथि तत्काल कारबाही गर्न माग गरेका छन् र कारबाही नभए आन्दोलनको चेतावनी दिएका छन्।

छोटो समयमा दोहोरिएको यस्ता दुःखद घटनाले नेपाली विद्यार्थी र अभिभावकमा गहिरो चिन्ता बढाएको छ। अब प्रश्न उठेको छ—केआईआईटीमा के हुँदैछ?

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved