धरानबाट हराएको बस विराटनगरमा टुक्रिएको अवस्थामा फेला

  • वैशाख १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरानबाट हराएको एक बस विराटनगरमा टुक्र्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला परेको छ।

सुनसरीको धरान–८, दुर्गापथस्थित ग्यारेजबाट बैशाख १२ गते चोरी भएको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर–१२, मंगलबारे चौक नजिकै रोकेर टुक्र्याइएको अवस्थामा भेटिएको हो।

बसका पाटपूर्जाहरू भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गर्दै आएकी कवाडी गोदामबाट प्रहरीले बरामद गरेको छ।

बसका चक्का, भित्री फलामको रिङ, इन्जिन लगायतका सामाग्री कवाडीमा बेच्न तयारी अवस्थामा थिए। बस व्यवसायी हरेन्द्र चेम्जोङका अनुसार, हराएको बस खोज्दै जाँदा उक्त अवस्थामा फेला परेको हो।

प्रहरी घटनास्थलमा पुगेपछि गोदाम सञ्चालक गीतादेवी साह भारततर्फ भागेको आशंका गरिएको छ भने उनको सहयोगीका रूपमा रहेका ज्वाँई दिपेन्द्र साह पनि फरार रहेका छन्।

धरानबाट चोरी भएको बसको अगाडि “सिद्धदेवी यातायात” र तल “याक्थुङ यातायात” लेखिएको देखिन्छ। चोरीपछिको बसको यात्रा सीसी क्यामेराबाट ट्र्याक गर्दा खोर्सानेसम्म पुगेको पुष्टि भएको छ।

स्थानीयले मंगलबारेमा बस वेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले बस चोरीमा संलग्न गिरोहको खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved