शिक्षक आन्दोलनले निर्णायक मोड लिएन

  • वैशाख ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा होमिएका शिक्षक तथा कर्मचारीहरुले राजधानी केन्द्रित आन्दोलनसँगै आ आफ्नो तह तप्काबाट निरन्तर आन्दोलन गरिरहेका छन् । माग पूरा नहुन्जेल आन्दो्लन जारी राख्ने उनीहरुले शिक्षक तथा कर्मचारीप्रति विभेदप्रति रुष्ट बन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

चैत्र २५ गतेदेखि शैक्षिक हड्तालको घोषणा गरेर आन्दोलनमा होमिएका शिक्षकहरुको आन्दोलन काठमाण्डौ केन्द्रितसँगै विभिन्न स्थानीय तह केन्द्रित निरन्तर चलिरहेको छ । यसै क्रममा धरानमा समेत शिक्षकहरुले विभिन्न विरोध जनाउदै आन्दोलनलाई निरन्तता दिइरहेका छन् ।

ल्याबरोटेरी माविका स्थायी शिक्षक आशावादी राईले राहत, करार तथा बालविकासका शिक्षक तथा कर्मचारीहरु पारिश्रमिक अन्यन्तै न्यून रहेको शिक्षकमै हिनताबोध भएको भन्दै यस्ता कुरामा सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

यस्तै. पञ्चकन्या मावि धरानका शिक्षक खेमचन्द्र सुवेदीले २०८० सालसम्म भएका सम्झौताहरु राज्यले कार्यान्वयन गर्न आलटाल गरेको बताउदै १२ बर्षको अवधिमा सरकारसँग भएको सहमति एउटा पनि सहमति नभएका कारण शिक्षकहरु आन्दोलित हुनुपरेको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको विषयमा राज्यपक्ष जिम्मेबार नभएको आरोप उनले । 

अनिवार्य तथा निशुल्क ऐन २०७५ जारी भए पनि ऐनको मर्म अहिले पनि विद्यालयमा लागू नभएको बताए । सुनसरीका पूर्व स्रोत व्यक्ति समेत रहेका सुवेदीले विद्यालयमा चाहिने अति आवश्यक विजुलीे, पानीका सुविधामा सरकार गम्भीर नभएकोमात्र हैन विद्यालय संख्या अनुसारको दरबन्दी समेत विद्यालयमा उपलब्ध सरकारले गराउन नसकेर गैरजिम्मेवारी पन दे्खाएकोले शिक्षकहरु आन्दोलित हुनु परेको बताए ।

यस्तै शैक्षिक गुणस्तर सुधारकै लागि ऐन आवश्यक रहेकोले त्यो ऐन ल्याउनको लागि आफूहरुको आन्दोलन रहेको शिक्षा सदन माविकी शिक्षिका बेनु काफ्लेले बताइन् । उनले अहिले नेपालका  हरेक जिम्मेवार निकायमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु नै रहने गरेका कारण शैक्षिक गुणस्तर कम भएको भन्न नमिल्ने तर्क राखिन् ।

शिक्षकहरूले गत चैत २० गतेबाट आन्दोलन शुरु गरेका हुन् । यस बीचमा सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेर आन्दोलनमा होभिएका छन् । आन्दोलनकै कारण कारण विद्यालयमा नयाँ भर्ना प्रभावित भएको छ भने कक्षा १२ को परीक्षालाई समेत असर पर्ने सम्भावना बढेर गएको छ ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved