चुनु हत्या प्रकरण,मुख्य योजनाकार श्रीमान सहित ६जना पक्राउ

  • वैशाख ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु कुमारी दाहालको हत्यामा उनकै श्रीमानको योजना भएको खुलेको छ ।
पानबारीको श्री पाँचकन्या सामुदायिक बनमा चैत्र २५ गते सोमबार चुनु कुमारी दहालको हत्या भएको थियो । प्रहरीले विहीबार उनको श्रीमान सहित ६ जनालाई सार्वजनिक गरेको छ । धरानमा पत्रकार सम्मेलन गरि उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानमा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यलय सुनसरीका एस एस पि सुमन तिम्सिनाका अनुसार श्रीमान प्रेम दाहालको योजनामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको बताए ।

उनका अनसार हत्या गराउनको लागि भारतीयलाई भारु ५ लाख रुपैँया सुपारी दिएको पनि खुलेको छ । प्रहरीले भारतीयलाई पनि खोजी कार्य तीव्र पारेको छ । प्रहरीका अनुसार योगेन्द्र गौतमलाई चैत ३० गते नेपाल भारत सिमाना काकडभिट्टाबाट पक्राउ गरिएको थियो । मृतकको श्रीमान मुख्य योजनाकार दाहाललाई निजको घर परिवारसँग समन्वय गरी नेपाल झिकाएर वैशाख ३ गते पक्राउ गरि विहीबार सार्वजनिक गरेको हो । यस अघि थप चार जनालाई प्रहरी पक्राउ गरिसकेको छ ।

साथै भारतिय नागरिक राजु थापा फरार रहेका छन् । प्रहरीको अनुसन्धानबाट घटनाको मुख्य कारण आपसी मनमुटाव र आर्थिक प्रलोभन रहेको प्रहरीले जनाएको छ । हत्यापछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेका थिए।

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved