२४ केजी गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार

  • वैशाख ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू औषध गाँजाको ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष चेकजाँच चलाउँदा २४ केजी गाँजासहित एक युवकलाई पक्राउ गरिएको छ।

ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको गस्ती टोलीले मंगलबार साँझ ७:५० बजे फुलचोक–विराटनगर सडकखण्डमा रातो–कालो रंगको पल्सर मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा सो मोटरसाइकल प्रहरीलाई नटेरी तीव्र गतिमा भागेको थियो।

प्रहरीले तत्कालै पिछा गर्दै हरिनगरा गाउँपालिका–४ को बजार क्षेत्रमा स्थानीयवासीको सहयोगमा मोटरसाइकलको पछाडि सवार युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने युवक सप्तरी कञ्चनपुर स्थायी ठेगाना भएका र हाल सुनसरी बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीमा बसोबास गर्दै आएका २४ वर्षीय राजेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मुखियाको साथबाट बोकेको दुईवटा झोलामा गरी करिब २४ किलो गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

हाल उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ भने फरार मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved