नेपालको बलिङ र ब्याटिङ दुवैमा दबदबा, हङकङलाई ९ विकेटले हरा

  • वैशाख ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल अपराजित यात्रा जारी राख्दै तेस्रो जित हात पार्न सफल भएको छ।

(बुधबार) आज तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले सहजै पराजित गर्दै बलिङ र ब्याटिङ दुवै क्षेत्रमा दबदबा जमायो।

हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्‍यो।

ओपनर साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। सुरुवातमा निरज यादवले २३ रनको योगदान दिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङ ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमै सीमित भयो।

हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन बनाए भने आर्या पन्जवानीले १३ र वीर माथुरले १२ रन बनाए।

१० रनमै पहिलो विकेट गुमाएको हङकङले माथुर र पन्जवानीको संयमित साझेदारीमा केही सम्हालिएको संकेत देखाए पनि त्यसपछि लगातार विकेट गुमाउँदै सानो योगफलमै समेटिन पुग्यो।

नेपालका लागि युवराज खत्रीले घातक बलिङ गर्दै १० ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए। विपिनप्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिँदै ३ विकेट झारे। सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए।

यसअघि नेपालले यूएई र ओमानलाई पराजित गरिसकेको छ। अब नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

अपराजित अफगानिस्तानले आजै यूएईविरुद्ध ३५९ रनको विशाल स्कोर बनाएको छ। यदि अफगानिस्तानले यो खेल जित्यो भने शनिबारको भिडन्त नेपाल र अफगानिस्तानबीचको फाइनलजस्तै हुनेछ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved