कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२०८१’को पहिलो चरण सम्पन्न, ३७ जना दोश्रो चरणमा

  • चैत ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित ‘एसईई स्पिकर–२०८१, सिजन–५’ को पहिलो चरणको अडिसन शुक्रबार सम्पन्न भएको छ।

अडिसनमा सहभागी ४८ जनामध्ये ३७ जना प्रतिस्पर्धीहरू दोस्रो चरणमा प्रवेश गरेका छन्।

र्याडिकल लाइट नेपाल प्रा.लि. धरानद्वारा आयोजित उक्त प्रतियोगितामा कोशी प्रदेशभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

दोस्रो चरणमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा यिनीहरू छन्:

• शिक्षादीप एकेडेमी, इटहरी : समिक्षा पौडेल

• लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान : सृष्टिका राई, श्रद्धा शाक्य

• पब्लिक हाईस्कुल : रोजा कडेल, जिज्ञासा भट्टराई, साक्षी मिश्र, आयुषा पौडेल, सृष्टि राई, अनुप झा

• हिबिस्कस इङ्लिस बोर्डिङ : दिबिका राई

• एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुल, पानबारी : लोचना सिग्देल, निशान बिश्वकर्मा

• सरस्वती मा.बि., पानबारी : बिबेक राई, निर्मला भण्डारी, दीपा चर्मकार, आयुषा आचार्य

• शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ : गुन्जल लुइँटेल

• होली बेल इङ्लिस सेकेन्डरी स्कुल, झापा : आबिस्कार राउत

• बेबिलोन सेकेन्डरी बोर्डिङ, इटहरी : होमिता पोख्रेल

• भरोल बाल मन्दिर इङ्लिस स्कुल, बराहक्षेत्र : सलिना राई

• ब्लुम नेपाल स्कुल, इटहरी : शुभम पोख्रेल

• पर्बत सेकेन्डरी स्कुल, धरान : निङ्साङ लिम्बु, पिक्सी राई

• डिपोट सेकेन्डरी स्कुल : रोशनी नेपाल

• कार्मेल हाईस्कुल : पूजा लिम्बु, सुलक्षा खड्का

• भानु स्मृति मा.बि., धरान : प्रतीक्षा तामाङ

• सियोन स्कुल : सोनिया राई, स्मृति राई

• के.के. इन्टरनेसनल स्कुल : तपस्या भण्डारी

• राधिका मा.बि., उर्लाबारी, मोरङ : विक्रम खड्का

• जेम सेकेन्डरी बोर्डिङ, धरान : सन्जिना राई

• सुनाखरी एकेडेमी : नाबिया सरखाना, दिप्सा लिम्बु

• सुनगाभा इङ्लिस बोर्डिङ : सोनिया राई, स्मृति राई, आशिका लिम्बु

प्रतियोगिता धरान–३ स्थित याडिकल लाइट नेपाल प्रा.लिको कार्यालय हलमा सम्पन्न भएको थियो।

निर्णायक मण्डलमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.बि. का शिक्षक टंक प्रसाद भट्टराई रहनुभएको थियो।

प्रतियोगीहरूले “विद्यार्थी र देशको भविष्य” तथा “लागुऔषध दुर्व्यसन नियन्त्रणमा युवाको भूमिका” मध्ये कुनै एक शीर्षकमा आफ्नो विचार प्रस्तुत गरेका थिए।

पुरस्कारको व्यवस्था:

प्रतियोगिताका विजेताले नगद रु ५५,०००, धरानमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै, फर्स्ट रनरअपले रु २५,००० नगद र ६० प्रतिशत छात्रवृत्ति तथा सेकेन्ड रनरअपले रु १०,००० नगद र ५० प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था याडिकल लाइट नेपाल प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनुभयो।

अध्यक्ष कार्कीका अनुसार एसईई दिएर बसेका विद्यार्थीहरूको फुर्सदको समयको सदुपयोग गर्दै उनीहरूको व्यक्तित्व, नेतृत्व क्षमता र वाक्–कला विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

दोस्रो चरणको प्रतिस्पर्धा आगामी २०८२ साल वैशाख ६ गते शनिबार हुने आयोजकले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved