इटहरीकी महिलाको रहस्यमय हत्या, चार जना नियन्त्रणमा

  • चैत २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या रहस्यमय बन्दै गएको छ।

अनुसन्धानका क्रममा प्रहरी मृतकका परिवारका चार सदस्यलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

बिहीबार पहिचान खुलेकी ती महिला धनकुटा महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको प्रहरीले जनाएको छ। उनी पछिल्लो दुई वर्षयता इटहरी उपमहानगरपालिका–२ हलगडामा १३ वर्षीय छोरासँग डेरा गरेर बस्दै आएकी थिइन्।

प्रहरी स्रोतका अनुसार घटनास्थलबाट प्राप्त संकेतहरूपछि मृतकका देवर, देउरानी, नन्दसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि हाल अनुसन्धान जारी छ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउँदै संलग्नता पुष्टि हुन बाँकी रहेको जानकारी दिए।

मृतकका पति प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा छन्। करिब तीन महिनाअघि उनी नेपाल आएर पुनः कोरिया फर्किएका थिए।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार श्रीमान–श्रीमतीबीच सम्बन्ध राम्रो थिएन, जुन हत्या घटनाको पृष्ठभूमिमा एक कारण हुन सक्ने आशंका गरिएको छ।

करीब १६ वर्षअघि विवाह गरेका उनीहरूका १३ वर्षीय छोरा छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved