हसाउँँदा हसाउँदै नायक बनेका इसारा हङकङमा किन जाँदैछन् ?

  • चैत २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।गणेश ईसारा मुलतः हास्य कलाकारको रुपमा बषौदेखि पहिचान बनाएका कलाकार हुन् । उनले राष्ट्रिय कलाकारको रुपमा ओझिलो नाम बनाई सकेका छन् । नाम गणेश इसारा,दीन दुखीको साहरा भने झै उनी कलाकारिताको माध्यमद्धारा भएको आम्दानीलाई दीन दुखी गरिब र विरामी अनि असक्तको लागि खर्च गर्दै आइरहेका छन् ।

अरुलाई सहयोग गर्नु कलाकार इसाराको विशेषता नै हो । उनको यही कारणले देश विदेशमा भ्याई नभ्याई हुने गर्दछ। काठमाण्डौ रहेर पनि विदेश दौडाहमा कलाकार इसाराको समय व्यतित हुने गर्दछ । यही आउने अप्रिल १९ तारिख शनिबार हङकङमा आफ्नो पाँचौं साँगितिक प्रस्तुती दिनको लागि फेरी जाँदैछन् ।बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङको जोर्डनमा कलाकार इसाराको भेटघाट तथा सांगितिक प्रस्तुती रहने भएको छ।

उक्त कार्यक्रमविशिष्ट समाज सेवी तथा सफल उद्यमी धिराजकुमार साम्पाङ राई प्रायोजक तथा आयोजकमा सहयोग गर्ने छन भने कार्यक्रमलाई सफल पार्नको लागि त्यहाँ रहेका समाजसेवी तथा सफल उद्यमी विक्रम राई, बालिका राई र अर्का समाजसेवी तथा सफल व्यवसयाी दिपेन्द्र इसारा राई र मिना राई ,समाज सेवी तथा उद्यमी बिमल ज्ञावली सहित मिना रुम्बा सिताराम राईले प्रायोजन र व्यवस्थापन गर्ने बताइएको छ ।

हङकङमा कलाकार इसारालाई त्यहाँ रहेका नेपालीले औधी रुचाउनेको सुची पर्दछन् । बर्षमा ३,४ पटक सम्म उनी त्यहाँ पुगेर नेपालीहरुलाई मनारेन्जन दिलाउने गर्दछन् । क्यारिकेचर मार्फत हँसाउने र रुवाउने गणेश इसारालाई उनको कलाको सम्मान गदैै देश विदेशमा रहेका नेपालीहरुले निमन्त्रणा गर्दछन् ।इसाराको पछिल्लो समय परिचय पनि फेरिएको छ । हास्य विधाको कलाकारितासँगै नायककको भुमिका पनि सिरियलमा देख्न पाईन्छ ।

दपर्ने टेलिसिरियलमा नायकको भुमिकामा छन् । सुगरा फिल्म प्राइवेट लिमिटेडको प्रस्तुतीमा हाल सम्म ५ औ सिरियल इसारा अनलाइन टिभी मार्फत हरेक आइतबार दिउँसो ५ बजे प्रसारण हुँदै आएको छ । इसारा मुख्य नायककोृ भुमिकामा रहेका छन भने निर्माता समाजसेवी सीताराम राई र प्रकाश तुम्बाहाम्फे लिम्वू छन् ।

कलाकारहरु वरिष्ठ कलाकार रामचन्द्र अधिकारी,उदय शुव्वा ,विश्व मुखिया,रस्मि राई ,कवितादेबी राई,मनोज राई लगायतको भुमिका रहेको छ । दर्पने सिरियलको निर्देशक उदय सुब्बाले गरेका छन भने कथा र गित गणेश इशाराको हो भने लेखन बिनोद मगर जेठाको रहेको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved