विपी प्रतिष्ठनामा निर्माणधीन मातृ शिशु अस्पताल अन्तिम चरणमा,एमालेका नेताद्धारा अनुगमन

  • चैत २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभीत्र निर्माणधिन मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र एमसिएच अन्तिम चरणमा पुगेको छ ।

४०० शैयाको सुविधा सम्पन्न अस्पताल ४ तलाको छ । २ अर्ब ५० करोड लगानीमा बन्दै गरेको अस्पताल भवन २०७२ सालबाट बन्न सुरु भएको हो ।

१६ विघा क्षेत्रफल जमिनमा बनिरहेको भवन पहलिो संरचना १ लाख स्क्वायरफिट र सबै भवनको क्षेत्रफल ४ लाख ३० हजार स्क्वायरफिटमा फैलिएको छ ।
९ वर्ष लगाएर बनेको भवनको ९० प्रतिशत काम सम्पन्न भएको इन्जिनिएर मदन साहले जानकारी दिए ।

आइतबार नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य घनश्याम खतिवडा, कोशी प्रदेश सांसदहरु विजय राई र रमेश बस्नेत, पूर्व सांसद जयकुमार राई, एमाले नेता मुरारी सुवेदी, किशोर सम्बहाम्फे, मजदुर नेता भीमज्वाला राई लगायतले निर्माणाधिन भवनको अवलोकन गरेका छन्।

आमा र बच्चाको स्वास्थ्यसेवामा यतिको अस्पताल देशमै नभएको नेता घनश्याम खतिवडाले बताए। अब १० प्रतिशत मात्रै काम बाँकी रहेकाले २ महिनाभीत्र निर्माण कार्य सम्पन्न हुने इन्जिनिएर मदन साहले बताए ।

चैत ६ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भइसकेको भएपनि रोकियो । उद्घाटन भएको भए अहिले ओपीडि सञ्चालन गर्न सकने अवस्था आउथ्यो साहले भने।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved