महिलालाई ‘फोन पे’ तालिम

  • चैत २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्रविधिको विसकासँगै सहज र सरलसँगै सुरक्षित प्रक्रियालाई अगाडि बढाउन सकून भन्ने उद्देश्यले धरानमा महिला लक्षित ‘फोन पे’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।

सुनसरी उद्योग वाणिज्य सघले विभिन्न बैंकहरुसँगको संयुक्त आयोजनामा महिला उद्यमीहरुलाई सुरक्षित र सहज ढंगबाट प्रवृधिको माध्याबाट फोनबाटै कारोबार गर्न सकून भन्ने अभिप्रायले तालिमको आयोजना गरिएको हो ।

सो अवसरमा सहजीकरणको भूमिकामा रहनु भएका निश्चल श्रेष्ठले फोन पेको सर्भिस, अनलाई पे लगायतका कुराहरु कसरी गर्न सकिन्छ भन्ने कुरा युवा उद्यमी महिलाहरुलाई सिकाएको बताउनुभयो ।

सुरक्षित सँगले फोनबाटै कसरी कारोबार गर्न सकिन्छ भन्ने कुरा प्राक्टिकल रुपमा गरेर उद्यमी महिलारुलाई सिकाएको बताए ।

सो अवसरमा तालिममा सहभागी प्रशिक्षार्थीहरुले समयमाअनुसार फोनमार्फत अनलाइन पे गर्नै कुरा व्यावहारिक रुपमा सिक्न पाएको बताएका थिए ।

हात हातबाट कारोबार गर्दा विश्वास भए पनि फोन पेबाट कारोबार गर्दा शुरु शुरुमा अविश्वास भए पनि पछिल्लो समय यो व्यवहारिक र सुरक्षित रहेको पाइएको तालिममा सहभागी धरान ३ कि निकिता साहीले बताइन् ।

लामो सफर गर्दा धैरै रकम बोकेर जाँदा चोरी हुने डर विगतमा हुन्थ्यो । अहिले हरेक व्यवसायिक फर्म तथा पसलमा फोन पे राखिएको हुन्छ ।

प्रविधिको भरपुर सदुपयोग गर्दा रकम सुरक्षित हुने र ढुक्कसँग हिडडुल गर्न सकिने भएकोले फोनमार्फत अनलाइन पे प्रभावकारी रहेको प्रशिक्षार्थीहरुले बताएका थिए ।

धरानकै ज्ञानशोभा शाक्यले आफू पुरानो व्यवसायी भएको बताउदै विगतमा हात हातमा रकम लिएर कारोबार गर्दा समस्या हुने गरे प्रविधिको विसकासँगै फोन पे सिस्टम सहज, भरपर्दौ र सुरक्षित हुने बताइन् ।

सुनसरी उद्योग वाणिज्य सघको सभाहलम भएको तालिममा धरानका ५० भन्दा बढी महिला उद्यमी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रविधिको विकासलाई महिला उद्यौगी तथा व्यापारीहरुले भरपुर प्रयोग गर्न सकून भन्ने अभिप्रायले तालिमको आयोजना गरिएको आयोजकको भनाई छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved