साँगुरीगढी र छथरजोरपाटीेले यसरी मनाए स्थापना दिवस

  • फागुन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा । कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस धुमधामसँग मनाएको छ ।
संघीय संरचना अनुसार विभिन्न ८ वडा गाविसहरुलाई गाभेर साँगुरीगढी गाउँपालिका घोषणा गरेको थियो ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यतामा भएको सो स्थापना दिवसमा गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई साँगुरीगढी गाउँपालिकाको संक्षिप्त स्थिती पत्र प्रस्तुत गरे । उनी अहिलेसम्म पालिकाले गरेका विकास निर्माणका काम र खर्च भएको अवस्थाबारे पनि जानकारी गराए ।जिल्ला समन्वय प्रमुख तामाङले साँगुरीगढी गाउँपालिकाले पर्यटन क्षेत्रमा मारेको फड्कोले समग्र धनकुटालाई टेवा पुगेको बताए । उनले शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा साँगुरीगढी गाउँपालिकाले खेलेको भुमिको उच्च प्रशंसा समेत गरे ।

सो कार्यक्रममा भेडेटार होटल एसोसियसनका अध्यक्ष तुमराज लिम्बु, पूर्व जनप्रतिनिधिहरुको तर्फबाट राजकुमार राई, राजनीतिक दलहरुको तर्फबाट साँगुरीगढीका एमाले अध्यक्ष पूर्ण खजुम, जनता समाजवादी पार्टी धनकुटाका सचिव डम्बर कट्वाल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले पाउँपालिकाको स्थापना दिवसको शुभकामना दिएका थिए । सो अवसरमा चर्चित गायक राजेशपायल राईको समेत उपस्थिती रहेको थियो ।

2 1 सो स्थापना दिवसमा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, चौविसे गाउँपालिकाका उपप्रमुख टंकमाय पाङ्मी, जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरी, भुमी समस्या समाधान आयोगका अध्यक्ष देवमान राई लगायतको सहभागीता रहेको थियो ।सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मुना राईले स्वागत गरेकी थिइन् भने गाउँपालिकाका कर्मचारीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

त्यसैगरी गोलखाडी माविका विद्यार्थीले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।सो अवसरमा गाउँपालिकाले ४ जना कर्मचारी सहित गाउँपालिकाका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको नवौं स्थापना दिवसको अवसर पारेर आज पालिकाका ४ जना कर्मचारी, विद्यालयका निवृत्त शिक्षकहरु, खेलाडी र सञचारकर्मीलाई समेत सम्मान गरेको छ ।

पालिकाले साँगुरीगढीमा जन्मिएर खेलमार्फत उत्कृष्ठ योगदान पु¥याएको भन्दै कराँते प्रशिक्षक तथा खेलाडी डिप्लव राई, सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल यज्ञ लिम्बु, गत सालको एसइइ परिक्षामा पालिकाभरीमै उत्कृष्ठ अंक ल्याउने रिकेश रिजाल र निर्जा राई सम्मान गरेको छ । रिकेश धनकुटामै सबैभन्दा बढी अंक ल्याएर एसइइ उत्तिर्ण गर्ने विद्यार्थी पनि हुन् ।गाउँपालिकाले यो वर्ष ४ जना कर्मचारीलाई सम्मान गरेको छ ।

1 जसमा इन्जिनियर दिपक राई, अनमी माया राई, वडा सचिव लक्ष्मी चौधरी र नगर प्रहरी सोमबहादुर राईलाई सम्मान गरेको छ । सो अवसरमा पालिकालाई जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई पनि सम्मान गरेको छ । सम्मानित सबैलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले सम्मान तथा पुरस्कृत गरे ।धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आफ्नो स्थापना दिवस विभिन्न कार्याक्रमको आयोजना गरी मनाएको छ ।

छथर जोरपाटी गाउँपालिकाको स्थापना दिवसको उद्घाटन गर्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले जनताको आयस्तरमा वृद्धिका लागि काम गर्ने बेला आएको बताए ।जनतालाई निरास हुन नदिन स्थानीय सरकारको महत्वपूर्ण भुमिका हुने बताउँदै पूर्वमन्त्री राईले मुलुकको विकासको लागि राज्यले नीति बनाएर जनसंख्या बढाउनुपर्ने बेला आएको बताए ।

उनले धनकुटाको विकासका लागि जनता र राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्ने बताए ।छथर जोरपाटी गाउँपालिकाले स्थापना दिवसमा संगिनी नृत्य, साकेला, चण्डी, स्याब्ब्रु हुर्रा नाच, पञ्चेबाजा र लाखे सहित कर्मचारीको विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा वडास्तरीय भलिबल प्रतियोगिताका विजयी खेलाडीलाई गाउँपालिकाले सम्मान गरेको छ ।
गत वर्ष एसइइमा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई नगद ५० हजारले पुरस्कृत गरिएको छ ।
कक्षा ८ मा उत्कृष्ट हुने युनिश लिम्बु, प्रमिशा लिम्बु, सारा राना मगर र योगेश बस्नेतलाई नगद सहित पुरस्कृत गरेको छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवाले जानकारी दिइन् ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved