वराहक्षेत्र मेयर लिग कप : वडा नं २ च्याम्पियन, चाँदीको ट्रफीसहित नगद पुरस्कार संगम बिष्ट

  • फागुन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/वराहक्षेत्र नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता वडा नं २ को टोलीले जितेको छ।

बुधवार सम्पन्न फाइनल खेलमा वडा नं २ ले वडा नं ५ लाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधिसँगै विजेता टोलीले दुई लाख २ हजार नगद पुरस्कार प्राप्त गरेको छ।

साथै, रनिङ शिल्ड प्रतियोगिता भएकाले वडा नं २ ले अर्को सिजनको लिग हुनु एक महिनासम्म एक केजी चाँदीको ट्रफी समेत राख्न पाउनेछ।

उक्त ट्रफी तीन पटक जितेपछि मात्र विजेता टोलीको स्थायी स्वामित्वमा जाने नियम छ।

पुरस्कार राशि :

• विजेता (वडा नं २) : रु. २,०२,०००

• उपविजेता (वडा नं ५) : रु. १,०१,०००

• तेस्रो (वडा नं ९) : रु. ५१,०००

• चौथो (वडा नं १०) : रु. २०,०००

व्यक्तिगत विधागत उपाधि :

• सर्वोत्कृष्ट खेलाडी : वडा नं २ का दिपेश तामाङ्ग (रु. २१,००० + ट्रफी)

• उच्च गोलकर्ता : वडा नं २ का दिपेश तामाङ्ग र वडा नं ५ का अर्जुन कुवर (७ गोल) (रु. ११,००० + ट्रफी)

• उत्कृष्ट डिफेन्स : वडा नं ९ का रुवेन कार्की (रु. ५,००० + ट्रफी)

• उत्कृष्ट मिडफिल्डर : वडा नं ५ का अनिल चौधरी (रु. ५,००० + ट्रफी)

• उत्कृष्ट फरवार्ड : वडा नं ५ का अर्जुन कुवर (रु. ५,००० + ट्रफी)

• उत्कृष्ट गोलरक्षक : वडा नं २ का सौरव वराल (रु. ५,००० + ट्रफी)

• राइजिङ खेलाडी : वडा नं १० का पवन मल्ल (रु. ५,००० + ट्रफी)

• उत्कृष्ट प्रशिक्षक : वडा नं २ का सुर्य तुम्वाहाङ्फे (रु. ५,००० + ट्रफी)

• अनुशासित टिम : वडा नं ६ (रु. ११,०००)

फाइनल खेलमा म्यान अफ द म्याच वडा नं ५ का दिपन कार्की घोषित भए, उनले रु. ५,१०० नगदसहित ट्रफी प्राप्त गरे।

प्रतियोगिताको समापन समारोहमा नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुव, विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरिएको थियो।

प्रतियोगिता वराहक्षेत्र-७, देविघाटस्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको थियो।

Messenger_creation_08CF6AFF-15AD-43B5-90E9-69931926FCEC Messenger_creation_BFD08B0F-2525-4AE3-B2FA-17BB1F3729B0 Messenger_creation_F1E5910F-C17D-4C7B-8C51-DA7D5F073310 Messenger_creation_8D19AF0F-ABCF-4A88-ADC1-47AF20701DA6

 

 

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved