वडा नं. ९ तेस्रो स्थानमा, बराहक्षेत्र मेयर लिग कपको उपाधि भिडन्त बुधबार संगम बिष्ट

  • फागुन २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न खेलमा वडा नं. ९ विजयी भएको छ।

वडा नं. १० लाई १-० को अन्तरले पराजित गर्दै वडा नं. ९ तेस्रो स्थान हासिल गर्न सफल भयो।

तेस्रो स्थान हात पार्दै वडा नं. ९ ले नगद ५१ हजार रुपैयाँ, जबकि चौथो स्थानमा सीमित वडा नं. १० ले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ९ का गोलरक्षक दिवस चौधरी "म्यान अफ द म्याच" घोषित भए।

उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

अब बुधबार वडा नं. २ र वडा नं. ५ बीच उपाधि भिडन्त हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगितामा ३ पटक विजेता बन्ने टोलीले चाँदीको सुन्दर ट्रफी आफ्नो स्वामित्वमा लिनेछ। यस वर्षको विजेताले नगद २ लाख १ हजार तथा उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गर्नेछन्।

 Messenger_creation_7F66B1CA-0750-4EE4-ADA3-0A7D27A1196A

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved