खोलाको पानीमा जलविद्युतको गिद्धे नजर कार्यान्वयन हुँदैन वातावरणीय प्रभाव मूल्याङ्कन

  • फागुन १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ ।

पानीको वातावरणीय बहाव राख्न सरकारले सन २००१ को जलविद्युत विकास नीतिमा व्यवस्था गरेको छ ।

खोलामा बाँध लगाउँदा १० प्रतिशत अथवा जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरेर आएको नतिजा मध्ये जुन बढी हुन आउँछ सोही अनुसार तल्लो क्षेत्रमा पानी छोड्नुपर्ने व्यवस्था छ ।

खोलामा पानीको मात्रा मापन गरेर मात्र जलविद्युत आयोजना कम्पनीले निर्माणको काम सुरु गर्छन् । पानीको मात्रा मापन गरेर उक्त खोलाबाट कति क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरेर २५ देखि ३० वर्ष सम्मन्युनतम उत्पादन हुने विद्युतको प्रक्षेपण आएपछि मात्रै आयोजना अघि बढ्छ ।

त्यस बेला १० प्रतिशत पानी खोलामानै छोडेर उत्पादन हुने प्रक्षेपण गरिन्छ तर कार्यान्वयन भने हुँदैन ।

तर इलामको हिमाल दोलखा हाइड्रोपावरले सरकारको नीति विपरीत खोलाको पानी जलविद्युत आयोजनामा लगेको छ । इलाम नगरपालिका १० मा पर्ने उक्त जलविद्युत आयोजनाले राजदुवाली भन्दा माथिबाट आयोजनामा पानी लैजाँदा त्यसभन्दा तल्लो खोला क्षेत्रमा पानी छोडे पनि उक्त पानी पावर हाउस भन्दा माथिबाटै क्यासकेट तिर लगेको छ ।

आयोजनामा प्रयोग गरिएको पानी पावर हाउसबाट निस्किएपछि कम्तीमा एक सय मिटर खोलामा बगेपछि मात्रै पुन प्रयोग गर्न मिल्छ । तर हिमाल दोलखाले प्रयोग गरी पावर हाउसबाट खोलामा पुग्न नपाई क्यासकेटमा हालेको छ भने माथिल्लो क्षेत्रको पानी पनि खोलामा बाँध बाँधेरै क्यासकेट तिर लगेको छ ।

जलविद्युतमा लगेर खोलामा छोडिएको पानी पनि पावर हाउसभन्दा मास्तिरबाटै क्यासकेटतिर लगेपछि इलाम नगरपालिका वडा नं नौ ले प्राकृतिक रुपमानै पानी छोडिदिन पत्राचार गरेको छ ।

इलाम नगरपालिका नौ र १० को बिचमा पर्ने माईखोलामा सञ्चालनमा आएका जलविद्युत आयोजनाले खोलामा पानी पर्याप्त नछोडेको र छोडेको पानी पनि पावर हाउसबाट निस्किएको पानीमा मिसिनु भन्दा पहिलिनै खोलामा बाँध बाँधेर लगे पनि प्राकृतिक रूपमा पानी छोड्न हिमाल दोलखालाई पत्राचार गरेको इलाम नगरपालिका नौ का वडाध्यक्ष गोपाल चौहानले बताए ।

१० नं मा पर्ने शिवालय मन्दिर मुनि माई खोलामा बगिरहेको पानी अनधिकृत रूपमा अन्यत्र लगी जलचर लगायत अन्य वन्य जन्तु लाईसमेत नकारात्मक असर परेको र उक्त पानी खोलामानै छोड्नुपर्ने अध्यक्ष चौहानको भनाई छ । यता हिमाल दोलखा का इन्चार्ज आकाश चौधरीले अहिले आफू बिदामा रहेको र म अफिस आएपछि बुझ्ने बताए ।

हिमाल दोलखा मात्रै होइन इलामको माई खोलामा निर्माण भएका सबै जलविद्युत आयोजनाले खोलामा छोड्नुपर्ने पानी छोड्ने गरेका छैनन् ।

बर्खाको समयमा खोलामा पानी भए पनि हिउँदको समयमा जलविद्युत आयोजनाले खोला पानी बग्न दिँदैनन् । इलाममा १८ भन्दा बढी वटा साना तथा मझौला जलविद्युत आयोजना रहेका छन् ।

इलामको माई खोलामा मात्रै १० वटा भन्दा बढी आयोजना निर्माण भएका छन् भने पुवाखोला, जोगमाई, सिद्धी खोला गरी जिल्लामा १८ बढी जलविद्युत आयोजना निर्माण भएका हुन । जिल्लामा उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारणमा पु¥याउन इलाम नगरपालिका १० गोदकमा सवस्टेशन रहेको छ ।

जिल्लाका आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट भन्दा बढी रहेको छ ।

maikhola 1

तस्विर: हिमाल दोलखाको पावर हाउस नजिकै माईखोलामा रहेको क्यासकेटको बाँध । हिमाल दोलखाले माथिल्लो बाँधबाट छोडेको पानी पावर हाउस बाट निस्किनेभन्दा माथिबाटै क्यासकेटमा लगेको छ । - भगीरथ भण्डारी

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved