शिवरात्रीमा चौकीबारी साँझः चर्चित पप स्टार धिरज र सिंगर धिरेन्द्रको प्रस्तुती स्वर्णपदक जित्ने खेलाडी र जेष्ठ नागरिकलाई सम्मान गरिने

  • फागुन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरि धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरु र वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने भएको छ ।

“खेलाडी र कलाकारहरुलाई प्रोत्साहन, जेष्ठ नागरिकहरुलाई अभिनन्दन” भन्ने उदेश्यका साथ यही फागुन १४ गते शिवरात्रीको अवसरमा “चौकीबारी साँझ २०८१” को आयोजना गरि धरान १९ बाट स्वर्णपदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान, ८५ वर्ष उमेर माथिका वडा जेष्ठ नागरिकहरुलाई अभिनन्दन र दुव्र्यसनबाट पीडित विपन्न ३ जना युवाहरुलाई सुधारकेन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने र ३० घर परिवारलाई स्वास्थ्य बिमा गरिदिने घोषणा गर्न लागेको हो ।

सोमबार चौकीबारी युवा समाजले पत्रकार सम्मेलन गर्दै उक्त भव्य कार्यक्रम धरान १९ स्थित जिमी चोकमा अपरान्ह ३ बजेदखि सञ्चालन हुने जानकारी गराएको छ । समाजका अध्यक्ष उत्तम तामाङले भन्नुभयो कार्यक्रममा चर्चित पप स्टार धिरज राई र सोलो सिंगर धिरेन्द्र मालाकारलाई प्रस्तुत गर्नेछौँ ।
तामाङका अनुसार कार्यक्रममा उर्जा ब्याण्ड, पुरानोकुपी ब्याण्ड, बदमास ब्याण्ड, द एलाइज ब्याण्डका कलाकारहरुले मनोरञ्जन गराउनेछन् । सो अवसरमा युनाइडेड मल्टिडान्स सेन्टरका कलाकारहरुसंगै रिङछिङ गुरुङ र सरु राईको नृत्य प्रस्तुत गरिने छ । उक्त कार्यक्रममा हेटौँडाका ¥यापर एमएसडी, स्थानीय ¥यापरहरु वाजालुरे, गेन्जी फुजियोलाई समेत प्रस्तुत गरिनेछ ।

करिव १६ लाख ८० हजार लागत रहने कार्यक्रममा धरान १९ का हङकङबासीहरुको सहयोग रहने समाजका सचिव सुनिल सुब्बाले जानकारी गराउनुभयो । कोरिया, बेलायत र अष्ट्रेलियामा रहनुहरुने धरानबासी तथा अन्य नेपालीहरुको सहयोगमा यो कार्यक्रम गर्न लागिएको पनि सुब्बाले जानकारी गराउनुभयो । वहाँले भन्नुभयो धरान उपमहानगरपालिका, १९ नम्बर वडा समिति, भिजन फिट्नेस धरान, क्रन्च फिट्नेस, हरियाली सामुदायीक बन, चौकीबारी महिला समुह धरान १९ लगायतको साथ र सहयोग रहनेछ ।

समाजका अध्यक्ष उत्तम तामाङ अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रका तथा युवा नेता भीमज्वाला राई, संस्थाका सल्लाहकार धरान १९ नम्बर वडा अध्यक्ष पूर्ण लिम्बू, समाजका सल्लाहकारहरु देउमान ताप्मादेन, सन्त तेम्बे लगायतको उपस्थिति थियो पत्रकार सम्मेलनमा उर्जा ब्याण्ड र एलाइज ब्याण्डका कलाकारहरुको समेत उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन समाजका सचिव सुनिल सुब्बाले गर्नुभएको थियो । युवाहरुलाई दुव्र्यसनबाट जोगाउँदै सत्कर्ममा लाग्न उत्प्रेरित गर्ने र विपन्नहरुलाई सहयोग गर्ने उदेश्यले धरान वडा नम्बर १९ मा रहेका युवाहरुले चौकीबारी युवा समाज धरान स्थापना गरेको हो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved