बिजनेस एक्स्पोमा सामान छुट सहित उपहार हरेक साँझ राष्ट्रिय कलाकारको प्रस्तुती

  • माघ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरानमा शनिबारदेखि १५ दिने बिजनेस एक्स्पो भइरहेको छ । धरान १६ स्थित रंगशालामा एक्सपो सन्चालनमा रहेको छ । 

व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्यसहित बिजनेस एक्स्पो जारी छ ।

भिडियो हेर्नुस:

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरानको आयोजनामा एक्सपो भएको हो । एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ ।

एक्स्पोमा आम सर्वसाधारणलाई निःशुल्क प्रवेश गराइएको छ भने साँझ सांस्कृतिक कार्याक्रममा भने राष्ट्रिय स्तरका कलाकारको रहेकाले आयोजकले सर्वसाधारणको सहजताको लागि २ सय रुपैयाँ मात्रै शुल्क लिने गरेको छ । 

  एक्सपोको आकर्षण 

IMG20250211150100

आम सर्वसाधारण र व्यवसायीहरुको अवस्थालाई दृष्टिगत गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाति परिकारहरुको प्रवर्धन, स्थानीय उद्योगी व्यवसायीहरुका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनहरुलाई सरल मूल्यमा उपलब्धता तथा प्रतिभाहरुलाई मञ्च प्रदान गर्दै आएको आयोजक महासंघका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

उनका अनुसार एक्सपोमा हरेक सामान खरीद गर्दा आकर्षक उपहार समेत प्राप्त गर्न सकिने बताए । वजार भाउ भन्दा सस्तोमा सामानहरु उपलव्ध रहेको श्रेष्ठको भनाई छ ।

20250208_134625

एक्स्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तक्र्रियात्मक वादविवाद प्रतियोगिता हुने महासङ्घका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

उनले एक्सपो नाफा रहित रहेको भन्दै फागुन १० गते एक्सपो सम्पन्न गरेर फागुन २० गते सम्म आय व्यय सार्वजनिक गर्ने समेत प्रतिबद्धता दिएका छन् । 

तेश्रो दिन सम्म १५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, लगायतले प्रस्तुती दिए ।

आज भने तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ। लोकबाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको प्रस्तुति र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ ।

आगन्तुकहरुको मनोरन्जनका लागि खेलतामासा, रोटेपिङ, नाउ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्रीहरु राखिएको संयोजक टङ्ककुमारी गुरुङले बताइन् ।

FB_IMG_1739242637453_1739242699

20250208_134655

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved