पाथीभरामा केबलकार आबश्यक छ : उद्योग बाणिज्य महासङ

  • माघ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पाथीभरामा केबलकार बन्नु पर्ने धारणा उद्योग बाणिज्य महासङ कोशी प्रदेशले राखेको छ ।

कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माण सुरु भएको केबलकार परियोजनापछि उत्पन्न गतिबिधिप्रति नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ध्यानाकर्षण गराउदै पाथीभरामा केबलकार बन्नु पर्ने धारणा सार्बजनिक गराएको हो ।

एक बिज्ञप्ती जारी गर्दै राउतले पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना गर्न केबलकार निर्माण हुनुपर्ने बताएका छन् ।

केबलकार निर्माणको सबै प्रक्रिया पूरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुनु उचित नभए‌को भन्दै महासंघले वार्षिक लाखौं भारतीय पर्यटकलाई प्रदेशमा भित्राउन कोशेढुंगा सावित हुनसक्ने केबलकार परियोजनाको अवरोधले ताप्लेजुङ र समग्र प्रदेशवासीको हित नगर्ने दावी गरिएको छ ।

देशमा लगानीका लागि बाह्य लगानीकर्ताहरूलाई अपिल गरिरहेको अवस्थामा देशभित्रकै निजी क्षेत्रलाई निरुत्साहित गर्नु उचित नहुने भन्दै महासंघले प्रत्यक्ष वैदेशिक लगानीका लागि सर्वप्रथम स्वदेशमा नै लगानीको वातावरण निर्माण गर्नुपर्ने बताएको छ।

कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा लगानीकर्तालाई अबरोध गर्ने कार्यले गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने राउतले बताएका छन् ।

धार्मिक सांस्कृतिक विविधताले नै पर्यटनको महत्वपूर्ण आधारशिला खडा गरेको भन्दै विज्ञप्तिमा अहिले देखिएको विवादरअवरोधलाई वार्ता संवादको माध्यमद्वारा समाधान गर्न अपिल गरिएको छ ।

पूर्वाधार निर्माणलगायतका विकासमुलक कार्यमा स्थानीयको सहभागिताको विधि अवलम्वन गर्न, विकासका प्रतिफलमा सम्वन्धित क्षेत्रका स्थानीयबासीको हिस्सा स्थापित गर्न आयोजनाले पनि स्वीकार गरेको विज्ञप्तिमा जनाइएको छ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी र कर्णाली प्रदेशका सभापतिरूले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरुले कोभिड महामारीलगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार र निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नुपर्ने धारणा राखेका छन्

gg

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved