धरानमा एनआरटी केफसीको भिडन्त,आखिर कस्ले जित्यो(हेर्नुहोस् त)

  • माघ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । साविक विजेता न्युरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीकालागी शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए ।

1 2

एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्नेछ । खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुुरस्कार प्राप्त गरेका छन् । पहिलो हाफमा गोल रहित बराबरीमा रोकेको केएफटिसीले दोस्रोे हाफको सुरुमा नै गोल खान पुग्यो । खेलको ४८ औं मिनेटमा एनआरटीका शिशिर लेखिले गोल गरे ।

सुजन लिम्बूले मिलाइदिएको क्रस पासलाई उत्कृष्ट ढंगबाट लेखीले बललाई जाली चुमाएका थिए ।खेलको ६० औं मिनेटमा एनआरटीका क्याप्टेन सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाए । शिशिर लेखिले प्रहार गरेको बल केएफटिसीका गोलकिपर अभिषेख बरालले रोकेका थिए । रिबाउण्ड भएको बललाई सुमित श्रेष्ठले मिलाइदिएको पासमा घिसिङले गोल गरेका थिए ।

लगत्तै केएफटिसीले गोल अन्तर घटाएको थियो । खेलको ६२ औं मिनेटमा खामिर लिम्बूले मिलाइदिएको पासलाई रोबर्ट खोन्जाउले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए ।अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका रोहन खड्गीले गोल गर्दै एनआरटीको जित निश्चित गरेका थिए । खेलको ७९ औं मिनेटमा सुमित श्रेष्ठले मिलाइदिएको ब्याकक्रसलाई सुन्दर ढंगले खड्गीले गोल गरेका थिए । पहिलो हाफमा अग्रता बनाउन केएफटिसी चुकेको थियो ।

खेलको १६ औं मिनेटमा रोबर्ट खोन्जाउले वान भर्सेज वानको स्थितिमा गोल गर्न चुके । खेलको ४९ औं मिनेटमा केएफटिसीका मौसम लिम्बूले डिबक्स भित्रबाट गोल गर्न सकेनन् । उनले प्रहार गरेको शसक्त बल एनआरटीका गोलकिपरले मुस्किलले रोकेका थिए । पेनाल्टी पोइन्ट नजिकै अनमार्क रहेका केएफटिसीका आशिष चापागाईले गोल गर्न सकेनन् । उनले प्रहार गरेको बल आकाशिएको थियो ।

एनआरटीले पहिलो हाफको तुलनामा दोस्रो हाफ राम्रो खेलेको थियो । खेलको अन्तिममा एनआरटीका शिशिर लेखी वान भर्सेज वानमा गोेल गर्न चुकेका थिए ।२५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेल भुटानको रोयल थिम्पु कलेज र चर्च ब्वाइज युनाइटेड काठमाडौबीच दिउसो ३ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved