पूर्वाञ्चल क्याम्पसमा राष्ट्रिय प्राविधिक महोत्सव

  • माघ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानस्थित पूर्वाञ्चल क्याम्पसमा यस वर्ष पनि तीन दिवसीय राष्ट्रिय प्राविधिक महोत्सव DELTA ५.० आयोजना शुरु भएको छ ।
त्भTechnology for Agriculture & Innovation विषयवस्तुमा आधारित यो महोत्सव माघ १८, १९, र २० गतेसम्म सञ्चालन हुनेछ।महोत्सवको औपचारिक उद्घाटन माघ १८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

विज्ञान र प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनशील सोचलाई अघि बढाउने उद्देश्यले आयोजित यस कार्यक्रमका प्रमुख प्रतिस्पर्धा तथा प्रदर्शनीहरू माघ १९ र २० गते हुनेछन्।कार्यक्रममा गोकार्ट रेसिङ, रोबोटिक फाइट, रोबोटले मार्ग पत्ता लगाउने प्रतिस्पर्धा, सुधारिएको ग्रिनहाउस डिजाइन, कोड कम्पिटिसन, भवन निर्माण प्रतियोगिता, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उपकरण निर्माण, र इन्जिनियरिङ प्रोजेक्ट जस्ता विभिन्न विधाका गतिविधिहरू समावेश छन्।

पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरू तथा प्रविधि क्षेत्रका विज्ञहरूको विशेष उपस्थितिमा आयोजना हुने यो महोत्सव प्रविधिको विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ। साथै, समुदायमा वैज्ञानिक सोच र प्रविधिप्रति रुचि अभिवृद्धि गराउने लक्ष्य लिइएको आयोजकले जनाएका छन्।

विज्ञान तथा प्रविधिमा रुचि राख्ने सबैलाई महोत्सवमा सहभागी भई नवीनतम आविष्कार र प्रतिस्पर्धाको अनुभव लिन आयोजक समितिले अनुरोध गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved