सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधी छात्र तर्फ इटहरीको बिश्वआदर्श र छात्रा तर्फ धरान आदर्शले जितेको छ ।
इटहरीको तरहरा स्थित पूर्वाञ्चल कलेजको कोर्टमा सम्पन्न फाइनल खेलमा छात्र तर्फको फाइनलमा बिश्वआदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटले पराजित गर्दै उपाधी जितेको हो । पहिलो सेट ३०–२८ ले जितेको बिश्वआदर्शले दोस्रो सेट २२–२५ ले हारेको थियो । तेस्रो सेट २८–२६ ले जितेको बिश्वआदर्शले चौथो सेटमा २५–२३ को पुनरागमन जीत हात पार्दै उपाधी जितेको हो ।
गत बर्ष पनि बिश्वआदर्शले उपाधीमाथी कब्जा जमाएको थियो । यस्तै छात्रातर्फ धरान आदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटलेनै पराजित गरेको छ । पहिलो सेट २५–२० ले हारेको धरानआदर्शले त्यसपछी २८–२६, २९–२७ र ३०–२८ को लगातार जीत हात पार्दै च्याम्पियन बनेको हो ।
फुटबलमा पूर्वाञ्चल र सुस्मा कलेज फाइनलमा
हिसान स्पोर्टस मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको बिहिबार भएको सेमिफाइनल खेलमा बिजयी हुदै सुस्मा कलेज र पूर्वाञ्चल कलेज उपाधी नजिक पुगेका छन ।
बिहिबारको पहिलो सेमिफाइनल खेलमा पूर्वाञ्चलले प्रिमियर कलेजलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
बिहिबारनै सम्पन्न दोस्रो सेमिफाइनलमा सुस्मा कलेजले बिश्वआदर्शलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
फाइनल खेल शुक्रबार हुने प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरी महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।
क्रिकेटमा बिश्वआदर्श फाइनलमा
हिसान स्पोर्ट मिट अन्तर्गत क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको सेमिफाइनल खेलमा जीत हात पार्दै बिश्वआदर्श कलेज उपाधी नजिक पुगेको छ । बिश्वआदर्शले पूर्वाञ्चल कलेजलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
बिहिबार हुने भनिएको अर्को सेमिफाइनल खेल स्थगित भएको छ । स्मल हेभन कलेज र कस्तुरी कलेजबिच हुने भनिएको सेमिफाइनल खेलमा प्रोटेस्ट परेकाले शुक्रबारसम्मको लागि स्थगित गरिएको छ ।