बीपी प्रतिष्ठानमा क्यान्सर तथा जलन भएका विरामीलाई सहज उपचार

  • माघ १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  क्यान्सर तथा जलन भएका विरामीहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहज रुपमा उपचार पाउने भएका छन् ।

.प्रतिष्ठानको हाताभित्र फार्मेसीसहित क्यान्सरका विरामीलाई लक्षित गरी अंकोलोजी विभाग र जलन भएका विरामीहरुलाई लक्षित गरी वर्न सेन्टर नया भवनमा सञ्चालनमा आएसँगै विरामीहरुले उपाचारका लागि अन्त्रयन्त्र भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको हो ।
प्रतिष्ठानमा दुईवटा सेवा एकै भवनबाट दिने उद्देश्यले भवन समेत निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै क्यान्सर तथा जलन भएका विरामीहरुले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हँटेर गएको हो ।

उपचारसँगै रिसर्च सेन्टरको रुपमा तीन बर्ष भन्दा अगाडिबाट भवन निर्माण शुरु गरे पनि कोरोना लगायत विविध समस्याले समयमै निर्माण सम्पन्न नहुदा विगतमा क्यान्सरका विरामी र जलन भएर उपचारमा आएका विरामीलाई प्रतिष्ठानभित्रकै भवनबाट दुःखका साथ उपचार गराइदै आएको थियो ।

यी दुवै उपचार सेवालाई सर्वसाधारणलाई सहज रुपमा उपचार गराउन सजिलो होस् भन्ने अभिप्रायले भवन निर्माण सम्पन्नपश्चात सञ्चालनमा ल्याइएको हो ।

नवनिर्मित भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए ।
उद्घाटनपश्चात बोल्दै मन्त्री पौड्यालले उपचारमा संलग्न चिकित्सकहरुलाई चिकित्सकको सुरक्षामा सरकार गम्भीर रहने बताउदै प्रर्याप्त सेवा सुविधा राज्यबाट दिन नसके पनि सेवाभावको भावनाले काम गर्न चिकित्सकहरुलाई आग्रह गरे ।

उनले चिकित्कले समाजमा बढी योगदान दिनसक्ने क्षमता भएका कारण आफ्नो पेशालाई समाजसेवाको भावनासँग जोडेर लान आग्रह गरे ।,

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल चिकित्सा शिक्षा आयोगले निर्धारण गरेका मापदण्ड अनुरुप प्रतिष्ठानका अध्ययनरत विद्यार्थीको संख्यामा समेत बृद्धि गर्दे जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले विगतमा प्रतिष्ठानको सेवा सुविधा जस्तो थियो अहिले त्यस्तो सेवा सुविधा छैन भन्ने जनगुनासो आइरहेको कुरालाई मन्त्री पौडेलले एमआरआइजस्तो अतिआवश्यक उपकरण प्रतिष्ठानमा नभएको बताए ।

उनले यो उपकरणका लागि सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
यो भवन १२ करोड ३७ लाखको लागतमा निर्माण भएको जनाइएको छ । सो भवन भवनको पहिलो तलामा फार्मेसी रहेको छ भने दोस्रो र तेस्रो तलामा क्रमश ः २०÷२० बेडको वर्न सेन्टर र अंकोलोजी विभाग रहेका छन् ।

सो अवसरमा बोल्दै स्वस्थ्य सचिव डा. रोशन पोख्रेलले कोशी प्रदेशमा वर्न वार्डको आवश्यकता रहेको अवस्थामा प्रतिष्ठानमा सञ्चालन भएको वर्न वार्डले कोशी प्रदेश तथा आसपासका सर्वसाधारणलाई सहज हुने जानकार दिए ।
नेपाल सरकारले क्यान्सर उपचारका लागि चितवनको भरतपुर र काठमाण्डौ जानुपर्ने अवस्थाको अन्त्य गर्न धनगढीमा सञ्चालन गर्ने तयारीमा रहेको छ भने भने भेरी, सुर्खेत र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा ल्याइसकेको छ ।

यस्तै आगोबाट जलेका विरामीहरुका उपचार समेत कोशी प्रदेशमै धरानस्थित बीपी कोइरालाबाट अगाडिबाटै सञ्चालनमा आए पनि अब भने व्यवस्थित भवनमा सञ्चालनमा आएको हो ।
सो अवसरमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले अंकोलोजी, वर्न सेन्टर र फार्मेसी निर्माका सम्बन्धमा विस्तृत जानकारी दिएका छन् ।

उनले भवन निर्माणसँगै नवनिर्मित भवनबाट सेवा प्रदान गर्न सकेकोमा प्रतिष्ठानले उपचार सेवामा सफलता प्राप्त गरेको दाबी गरे ।
प्रतिष्ठानले उपचारसँगै चिकित्सक उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने चिकित्सा क्षेत्रमा यो प्रतिष्ठानले नयाँ नयाँ अनुसन्धान समेत गर्दै आइरहेको छ ।

नेपालमै चिकित्सा क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको यो प्रतिष्ठानमा दैनिक ३ हजार भन्दा बढी विरामी उपचारमा आउँछन् ।

सेवा सुविधाका विषयमा व्यापक गुनासो आइरहेको अवस्थामा नवनिर्मित भवनमा क्यान्सर तथा जलन भएका विरामीहरुको उपचार सञ्चालनमा ल्याएसँगै सर्वसाधारणले समेत राहत पाउने विश्वास लिइएको छ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved