मारवाडीको निःशुल्क स्वास्थ्य शिविरमा

  • माघ ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अत्याधिक चीसो बढेसँगै अस्पतालहरुमा विरामीको संख्या बढ्न थालेको छ ।

यसैलाई मध्यनजर गरी विविध कारणले अस्पतालसम्म पुग्न नसकेका विरामीलाई निः शुल्क स्वास्थ्य शिविरसँगै रगतको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

विगतदेखि नै समाजसेवामा समर्पित मारवाडी समुदायहरुको संस्था मारवाडी सेवा समिति धरानले बार्षिकोत्सवको अवसर पारेर निम्न आय स्रोत भएका तथा विविध कारणले अस्पतालसम्म पुग्न नसकेका सर्वसाधारणलाई लक्षित गरी शिविरमै सबै प्रकारका चेकजाँचसँगै रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

शिविरमा केएचडीकातर्फबाट प्रा.डा सञ्जिव शर्मा सहित ८ जना चिकित्सक, हाडजोर्नी विभागमा प्रा.डा विक्रम श्रेष्ठको टिम, आँखाका लागि डा. इच्छा सोनी जोशीको टिम, गाइनोमा डा. खुस्बु अग्रवालको टिमले चेकजाँचमा आउने सर्वसाधारणलाई चेकजाच गरेको र त्यो सँगै रक्तदानको कार्यक्रम राखिएको मारवाडी सेवा समितिका अध्यक्ष पितरुमल अग्रवालले जानकारी दिए ।
यतिमात्र हैन चीसोका कारण बृद्धबृद्धामा बढी फोक्सोको समस्या हुने भएकोले अस्पतालसम्म जान नसक्ने, नपाएका वृद्धाबृद्धालाई लक्षित गरी फोक्सोको चेकजाँचसँगै बृद्धाबृद्धा अवस्थामा हड्डी खिँइने समस्याबाट ग्रसितलाई निःशुल्क उपचार गराइएको निःशुल्क स्वास्थ सेवा कार्यक्रमका संयोजक रामस्वरुप शर्माले जानकारी दिए ।

सबै प्रकारको आयोजना गरिएको निःशुल्क शिविरबाट सेवाग्राहीले धेरै फाइदा लिएका छन् । अस्पतालसम्म जान नसक्ने, जान नपाएकाहरुलाई लक्षित गरी आयोजना गरिएको सो शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको टोली भएकोले यहाँ आउने विरामीले सबै प्रकारको उपचार सहज रुपमा पाउने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका चिकित्सक प्रा.डा. विक्रम श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा ५३ पिण्ट रगत संकलन भएको थियो भने ४२६ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved